ललिगा जितेपछि सुवारेजले भने: बार्सिलोनाले मलाई रुवाउँदा एथलेटिकोले विश्वास गर्यो

एथलेटिको म्याड्रिडलाई ७ वर्षमा पहिलो पटक लालिगा च्याम्पियन बनाउन प्रमुख भूमिका खेलेका लुइस सुवारेजले बार्सिलोनाले आफूलाई अवमूल्यन गरेको बताएका छन्। पूर्व बार्सिलोना स्ट्राइकरको सिजनको २१ औं गोलको मद्दतमा अन्तिम खेलमा रियल भालाडोलिड विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै एथलेटिको लिग च्याम्पियन बन्न सफल भयो।

एथ्लेटिको म्याड्रिडले पछिल्ला २ ललिगा खेलमा १-० ले पछि परेको अवस्थालाई उल्टाउदै च्याम्पियन बन्न सफल भयो र दुबै खेलमा म्याड्रिडको लागि विजयी गोल गरे लुइस सुवारेजले। यसअघि बार्सिलोनामा ६ वर्ष बिताएका उरुग्वेन स्ट्राइकरले क्याटालान क्लबको लागि कुन १९५ गोल गर्न सफल भएका थिए। तर सिजनको सुरुवातमा नयाँ प्रशिक्षक रोनाल्ड कोमनको नियुक्तिसँगै सुवारेजलाई बार्सिलोनाबाट निकालिएको थियो।

तर ३४ वर्षीय स्ट्राइकरले आइतबार एथलेटिको म्याड्रिडका साथ लालिगा उपाधि जित्दै आफू माथि शंका गर्ने सबैलाई गलत प्रमाणित गरिदिए। मार्काका अनुसार सुवारेजले भने,”बार्सिलोनाले गरेको व्यवहार पछि परिस्थिति निकै असहज थियो। जस्तो परिस्थितिमा म थिएँ, जसरी म तल झरेको थिए। तर एथलेटिकोले मेरो लागि ढोका खोलिदियो। मसँगै अन्य थुप्रै मानिस पनि मसँगै पिडित भए; मेरो श्रीमती, मेरा बच्चाहरु।”

विगतमा जे भएता पनि लुइस लिग उपाधि जितेकोमा निकै खुसी रहेका छन्। सिजनभर थुप्रै कठिनाइको सामना गर्नु परे पनि आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरेकोमा उनी क्लबसँग सन्तुष्ट रहेको बताए। शनिबार ३८ औं चरणको खेलमा रेलिगेसन जोनमा रहेको क्लब रियल भालाडोलिडसँग १-० ले पछि पर्यो।

दोस्रो हाफमा एंगल कोरेया र सुवारेजले गोल गरेपछि म्याड्रिडले सिटी राइभल रियल म्याड्रिड भन्दा ३ अंक धेरै बटुल्दै ११ औं लालिगा उपाधि जित्न सफल भयो।

प्रकाशित : आइतबार, जेठ ०९, २०७८१३:०७

सुआरेजको यो उत्कृष्ट गोल, जसले एटलेटिकोलाई लालिगा च्याम्पियन बनायो ![भिडियो सहित]