एजेन्सी – शनि ग्रह आजबाट १ सय ४१ दिन सम्म वक्री अवस्थामा रहनेछ। आउने अक्टोबर ११ पश्चात मात्र शनिको चाल परिवर्तन हुनेछ। त्यसदिन शनिले सुल्टो मार्गमा गोचर गर्नेछ। मकर राशिमा रहेर शनिले उल्टो यात्रा शुरु गर्दा अक्टोबर ११ सम्म निम्न तीन राशिहरुलाई बाढी असर पर्नेछ।
तुला राशि
तुला शनि शनिदेवको प्रिय राशि चिन्हहरू मध्ये एक हो। यसलाई शनि ग्रहको उच्च राशि मानिन्छ। यस राशिको स्वामी शुक्रा ग्रह रहेको छ। कर्मठ र ईमानदार हुने यस राशि हुनेहरुलाई शनिको वक्री पश्चात विभिन्न प्रकारका लाभ मिल्नेछन्। शनि वक्री अवस्थामा रहुन्जेल जीवन सुख-सम्पन्नता एवम् विलासितापूर्वक बित्नेछ। आर्थिक पक्ष बलियो हुँदा अन्य समस्याहरु आफैं हटेर जानेछन्। नयाँ शनि वक्री अवस्थामा भएका कारण शत्रु पराजित हुने पनि देखिन्छ।
मकर राशि
मकर राशिको स्वामी ग्रह शनि रहेका कारण आउने अक्टोबर ११ सम्म मकर राशि हुनेहरुलाई विभिन्न प्रकारका लाभ मिल्नेछन्। शनिले वक्री गरेको केहि हप्ता सम्म नकारात्मक प्रभाव रहेपनि त्यसपछिका समय भने मकर राशि हुनेहरुका लागि धेरै लाभप्रद रहनेछ। धेरै समय देखिको यात्रा योजना सफल हुनेछ भने आर्थिक लाभ पनि मनग्गे मिल्ने देखिन्छ। पारिवारिक र सामाजिक रुपमा पनि समय उत्साहप्रद रहनेछ।
कुम्भ राशि
कुम्भ राशि हुनेहरुलाई शनिको वक्रीले धेरै लाभ पुर्याउनेछ। शनि उल्टो चालमा रहेको अवस्थामा कुम्भ राशि हुनेहरुको मान-सम्मान बढ्नेछ। विशेष पुरस्कार मिल्नुका साथै प्रियजनबाट उपहार मिल्ने देखिन्छ। शनि उल्टो मार्गमा हुँदा कुम्भ राशि हुनेहरुको जीवनमा सफलताक विभिन्न ढोकाहरु खुल्नेछन्। लामो समय देखि रहेका कानुनी समस्या देखि छुट्कारा पाउने सम्भावना पनि देखिन्छ। शनि मार्गी हुने केहि दिन अगाडी भने केहि समस्या देखिन सक्ला।