काठमाण्डाै – आइतबार देशभर ७ हजार ९१४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
यस दिन १८ हजार ९६५ जनाको पीसीआर परीक्षण र ९३१ जनाको एन्टीजिन परिक्षण गर्दा कुल ७ हजार ९१४ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५ लाख १३ हजार २४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका १९३ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ६ हजार ३४६ पुगेको छ ।
यस दिन मुलुकभर ७ हजार ६६४ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३ लाख ९१ हजार ३४८ पुगेको छ। अहिले नेपालमा १ लाख १५ हजार ५४७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र २ हजार ८२१ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा १ हजार ७६१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ६९४ र भक्तपुरमा २६६ जना नयाँ संक्रमित थपिएका हुन्।

