रोनाल्डोको म्यानचेस्टर युनाइटेड फिर्ति धेरै नजिक, यी खेलाडीसँग साटफेर हुने !

एजेन्सी – पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेड फिर्ति पछिल्लो समय अत्याधिक चर्चामा छ। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार रोनाल्डो म्यानचेस्टर युनाइटेड फिर्ता हुन चाहिरहेका छन्।

ट्रान्सफर विन्डो नजिक हुँदै गर्दा रोनाल्डोको म्यानचेस्टर युनाइटेड फिर्तिले थप महत्व पाएको छ। एक खेल पत्रिकाका अनुसार रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किने उत्तरार्धमा छन्।

रोनाल्डोको फिर्तिको लागि पछिल्लो समय युनाइटेड सकारात्मक रहेको बताइन्छ। त्यति मात्र नभई क्लबका प्रशिक्षक ओले गनर सोल्सायर समेत रोनाल्डोको फिर्ति चाहिरहेका छन्।

केहि समय अगाडी मात्रै रोनाल्डो र सोल्सायर बीच सम्पर्क भएको पनि खबर आएको छ। रोनाल्डो र सोल्सायर बीच भगाएको उक्त फोन सम्पर्कका क्रममा दुवै बीच रोनाल्डोको भविष्यलाई लिएर चर्चा भएको थियो।

साटफेरको चर्चा

रोनाल्डोको युनाइटेड फिर्ति सम्भव भएको खण्डमा युभेन्टसले युनाइटेडका एक खेलाडी आफ्नो क्लबमा भित्र्याउने योजना बनाएको छ। युभेन्टस रोनाल्डोलाई युनाइटेड पठाएर डोनी भ्यान डि बीक भित्र्याउन चाहन्छ।

पारिश्रमिक बाधक

रोनाल्डो विश्वकै सबै भन्दा बढी पारिश्रमिक लिने खेलाडीमा पर्छन्। रोनाल्डोको युनाइटेड फिर्तिमा सबै भन्दा बढी उनको पारिश्रमिक बाधक हुने देखिन्छ। हाल रोनाल्डोको वार्षिक पारिश्रमिक ३० मिलियन युरो आसपास छ। तर युनाइटेड रोनाल्डोलाई दुई सिजनको २० मिलियन युरो मात्र दिन तयार रहेको बताइन्छ।

प्रकाशित : आइतबार, जेठ ०९, २०७८१९:५०

लिभरपुल र चेल्सी दुवै च्याम्पियन्स लिगका लागि छनौट !