काठमाडौँ, जेठ १० । हप्ताको पहिलो दिन बढेको सुनको मुल्य आज दोस्रो दिन पनि बढेको छ । गत हप्ता लगातार बढेर अन्तिम दिन घटेको सुनको मूल्य आइतबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य १ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार २ सय कायम भएको छ।
नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैंयाँले नै बढेको छ। आज तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत हप्ता सुन
गत हप्ता छापावाला सुन ९२ हजार ५ सय देखि ९३ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन ९२ हजार देखि ९३ हजार २ सय सम्ममा कारोबार भयो।
चाँदीको मूल्य
आज चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले बढेर १३ सय ५० रुपैंयाँ कायम भएको छ।