कीटो डाइटको कारण २७ वर्षको उमेरमा यी अभिनेत्रीको मृत्यु!

तौल घटाउनको लागि मान्छेहरु धेरै  उपाय अपनाउछन्। कसैले  खानपिन छोड्छन् भने कसैले  जिम गएर तौल घटाउन कोसिस गर्छन्। तर केहि मान्छे खासगरी अभिनेत्रीहरु  कीटो डाइटले तौल घटाउन कोसिस गर्छन्। विशेषज्ञ अनुसार  कीटो डाइटको असर  कम से कम एक हप्तामा शरीरमा देख्न सकिन्छ। तर थुप्रैपटक यसले मान्छेको मृत्यू पनि भएको छ। आज हामी यस्तै अभिनेत्रीको बारेमा बताउँछौ जसको कीटो डाइटको कारण मृत्यु भएको थियो।

कीटो डाइटले  के हुन्छ ?
कीटो डाइटलाई कीटोजेनिक डाइट पनि भनिन्छ। यो उच्च फ्याट भएको डाईट हो। यस  डाइटमा शरीर उर्जाको लागि फ्याटमा  निर्भर हुन्छ।  यसमा कार्बोहाइड्रेट निकै नै कम हुन्छ र प्रोटीन पनि नियन्त्रित मात्रमा दिईन्छ।  यस डाइटमा कार्बोहाइड्रेट कम र फ्याट धेरै हुन्छ। कीटो डाइटमा फ्याटले नै उर्जा दिने काम गर्छ , त्यसैले शरीरबाट मोटोपना विस्तारै घट्छ।

बलिउड तथा  बंगाली अभिनेत्री मिष्टी मुखर्जीको २७ वर्षको उमेरमा मृत्यु भएको थियो। मिष्टी  लामो समयदेखि किड्नीको समस्यामा थिइन्। उनको मृत्यु  किड्नी फेल भएको कारण भएको थियो। साथै  किड्नी फेल हुनुको कारण कीटो डाइट बताईएको थियो।

मिष्टीको वास्तविक नाम इन्द्राणी चक्रवर्ती थियो।  उनको जन्म १९९२ मा  कोलकाताको  बंगाली परिवारमा भएको थियो। मिष्टीले आफ्नो  करियरको सुरुवात  बंगाली फिल्मबाट गरेकी थिइन् ।  त्यसपछि उनले तमिल, तेलुगु र मलयालम फिल्ममा पनि काम  गरिन्।

मिष्टी मुखर्जीले फिल्म ‘लाइफ की तो लग गई’ बाट बलिउडमा आफ्नो करियर सुरु गरेकी थिइन्। त्यसपछि उनले २००३ सालमा आएको फिल्म ‘मैं कृष्णा हूं’ को एक गीतमा  रजनीश दुग्गलसँग काम गरेकी थिइन्।  यस फिल्ममा  जूही चावला मुख्य भूमिकामा थिइन्।

मिष्टी मुखर्जीमाथि २०१४ मा से-‘क्स र्‍या-केट चलाएको आरोप लागेको थियो। उनको घरको खोजी गर्दा धेरै सीडी र टेप भेटाईएको थियो।  पुलिसले  आईएएस ओपी गुप्ताको घर छापा मा’र्दा  उनलाई हाई प्रोफाइल से-‘क्स र्याकेटको आरोपमा  पक्राउ गरिएको थियो। यति मात्र नभई  पुलिसले  मिस्टी मुखर्जीलाई पनि आपत्तिजनक स्थितिमा गरेको थियो।

प्रकाशित : सोमबार, जेठ १०, २०७८१९:०९

मुस्कुराहटमा लुकेको पीडा: आर्थिक समस्या झेलिरहेकी छन यी गायिका सोना!