एजेन्सी – युरोकपका लागि स्पेनको राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। आउने महिनाबाट शुरु हुन लागेको युरोकपका लागि प्रशिक्षक लुइस एनरिकेले स्पेनको राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका हुन्।
२०२१ मा चोटका कारण रियल म्याड्रिडका लागि ७ खेल मात्र खेल्न सफल भएका राष्ट्रिय टोलीका कप्तान सर्जियो रामोस बिना नै स्पेनको २४ सदस्य टोली घोषणा गरेको हो। स्पेनका लागि सबैभन्दा धेरै खेल खेलेका रामोस पछिल्लो समय चोटका कारण संघर्ष गर्दै आएका छन्। आफ्नो राष्ट्रियता फ्रान्सबाट स्पेनिसको रूपमा परिवर्तन गरेका डिफेन्डर एमरिक लापोर्ट पहिलो पटक स्पेनको टोलीमा परेका छन्।
अनुभवी राइट ब्याक ड्यानी कार्भाजल पनि नपरेका टोलीमा चोटग्रस्त युवा स्टार अन्सु फाती पनि छैनन्।
स्पेनिस टोली:-
गोलकिपर: उनाइ सिमोन, डेभिड डे जेया, रोबर्ट सान्चेज
डिफेन्डर: गाया, जोर्डी अल्बा, पाउ टोरेज, लोरेन्टे, एमरिक लापोर्ट, एरिक गार्सिया, सेजार अज्पिलीकुएटा
मिडफिल्डर: सर्जियो बुस्केट, पेड्री, रोड्री, फ्याबियन रुइज, थियागो, कोके
फरवार्ड: ड्यानी ओल्मो, ओयार्जाबाल, मोराटा, जेरार्ड मोरेनो, फेरान टोरेज, आडामा ट्राओरे, साराबिया

