“म रेकर्डका पछाडी दौडिन्न, रेकर्डहरू मेरा पछि दौडिन्छन्”

क्रिस्टियानो रोनाल्डो- 

यस वर्ष हामीले सिरी ‘ए’ जित्न सकेनौं , अतियोग्य च्याम्पियन इन्टर मिलानलाई बधाई। तर जे भएपनि युभेन्टसमा रहेर यस सिजन सामूहिक रुपमा र व्यक्तिगत रुपमा हाँसिल गरेका सफलताहरुलाई मूल्यवान मान्नुपर्ने हुन्छ। जहाँ कुनै पनि कुरा जित्न सजिलो छैन, त्यहाँ इटालियन सुपर कप, इटालियन कप र सेरी ए शीर्ष स्कोर ट्रफी जित्न सक्नुले मलाई धेरै नै प्रफुल्लित बनाएको छ।

यी उपलब्धिहरू पश्चात म भन्न सक्छु कि – म त्यो लक्ष्यमा पुगें, जो मैले इटाली आएको पहिलो दिनमै संकल्प गरेको थिएँ। च्याम्पियनशिप, कप र सुपर कप जित्न, तथा यस महान फुटबलप्रेमि देशको सर्वश्रेष्ठ खेलाडी र शीर्ष स्कोरर बन्ने मेरा लक्ष्य पूरा भएका छन्।

मैले पहिले नै भनेको छु कि म रेकर्डहरूका पछाडी दौडिन्न, रेकर्डहरू मेरा पछि दौडिन्छन्। मैले यसो भन्दा नबुझ्नेहरुका लागि म भन्न चाहन्छु कि – फुटबल एक सामूहिक खेल हो, तर व्यक्तिगत सफलताले नै टीमहरूलाई लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दछ। मैदान बाहिर र भित्र गर्ने मेहेनतले नै रेकर्डहरू जन्माउँछ र सामूहिक उपाधि टारेर टर्दैनन्।

मैले इंग्ल्याण्ड, स्पेन र इटालीमा जे गरें, त्यसप्रति मलाई गर्व छ। तीनै देशमा लिग च्याम्पियनम, कप र सुपर कप जित्नुका साथ-साथै तीनै देशमा सर्वश्रेष्ठ खेलाडी तथा शिर्ष गोलकर्ता बन्न सक्नु मेरा लागि अत्यन्तै गर्वको कुरा हो। तीनै देशका लिगमा मैले १०० भन्दा बढी गोल गर्न सकें, त्यसमा पनि मलाई गर्व छ।

मैले खेलेका देशहरूमा मैले आफ्नो छाप छोडेको छु भन्ने कुराको अनुभूतिसँग कुनै पनि तुलना हुँदैन। मैले जहाँ खेलेपनि क्लबहरूका फ्यानहरूलाई आनन्दित तुल्याउन सफल भएँ। यो नै हो जेका लागि म काम गरिरहेछु, यहि नै हो जसले मलाई उत्प्रेरित गरिरहेछ र यो नै मेरो लक्ष्य हुनेछ जसलाई म अन्तिम समय सम्म पच्छ्याइरहनेछु।

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७८१०:५४

“अगुएरो बार्सिलोनामा गएर फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी, लियोनल मेस्सीसँग खेल्नेछन्”