“अगुएरो बार्सिलोनामा गएर फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी, लियोनल मेस्सीसँग खेल्नेछन्”

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाका अनुसार सिटी दिग्गज अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले विश्वकै उत्कृष्ट क्लबमा सर्वोत्क्रोष्ट खेलाडीसँग खेल्ने बताएका छन्। उनले ३२ वर्षीय स्ट्राइकर अर्को सिजनबाट बार्सिलोनाबाट खेल्ने सम्भावना उच्च रहेको बताए।

बार्सिलोनामा क्लबका कप्तान लियोनल मेस्सीको भविष्य अनिश्चित रहेको समयमा पूर्व बार्सिलोना प्रशिक्षक ६ पटकका ब्यालुन डी ओर विजेता पनि क्याम नाउमै बस्नेमा विश्वस्त देखिन्छन्। आइतबार एभर्टन विरुद्ध अगुएरोले सिटीका लागि अन्तिम प्रिमियर लिग खेल खेलेपछि प्रशिक्षक ग्वार्डीओलाले उनको बारेमा बोलेका हुन्।

सिटीले ५-० को सहज जीत निकालेको सिटीका लागि अर्जेन्टिनी स्ट्राइकरले बेन्चबाट मैदानमा उत्रिंदै २ गोल गर्न सफल भए। योसँगै उनी एक प्रिमियर लिग क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले म्यानचेस्टर सिटीका लागि प्रिमियर लिगमा मात्र १८४ गोल गरेका छन्। उनले वाइन रूनीले म्यानचेस्टर युनाइटेडका लागि गरेको १८३ गोलको रेकर्ड तोडेका हुन्।

खेलपछि अगुएरोको भविष्यबारे बोल्दै पेपले भने,”म निश्चित छु – सायद मैले एउटा गोप्य कुरा प्रकट गरेको छु – अगुएरो मेरो मनमा रहेको क्लब, बार्सिलोना, सँग सम्झौता गर्न नजिक छन्। उनी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी, लियोनल मेस्सी, सँग खेल्न जाँदै छन्। मलाई थाहा छ कि उनले बार्सिलोनामा राम्रो समय बिताउनेछन् र अगुएरोका साथ बार्सिलोना अझै बलियो हुनेछ।”

अगुएरोले बार्सिलोनासँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ। फेब्रिजियो रोमानोका अनुसार अर्जेन्टिनी स्ट्राइकर च्याम्पियन्स लिग फाइनल पछि बरसिलोनासँग अनुबन्ध हुनेछन्।

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७८११:३५

मेस्सी भर्सेस रोनाल्डो: सन् २०२०-२१ को सिजनमा को रह्यो उत्कृष्ट ? यसो भन्छन् तथ्यांक !