मुस्कुराहटमा लुकेको पीडा: आर्थिक समस्या झेलिरहेकी छन यी गायिका सोना!

कोरोना म-हामारीको कारण र  लकडाउनको कारण थुप्रै मान्छे आर्थिक समस्याको सामना गरिरहेका छन्। सामान्य मान्छे मात्र नभई केहि स्टारको पनि काम बन्द भएको छ । शाहिद कपूरको सौतेला बुवा राजेश खट्टर, हिमानी शिवपुरी, श्रुति हसन  समेत थुप्रै कलाकारले सामाजिक सञ्जालमा पोस्ट मार्फत आफुले झेलेको समस्याको बारेमा  खुलासा गरेका थिए।

साथै चर्चित गायिका  सोना मोहापात्राले सामाजिक सञ्जाल मार्फत आर्थिक समस्यामा रहेको कुरा बताएकी थिइन्।  सोना मोहापात्राले  ट्विटर अकाउन्टमा  मुस्कुराउदै गरेको फोटो साझा गरेर -‘पिडाबाट भाग्न त सकिदैन तर त्यसबाट समस्यामा रहनु तपाइको लागि विकल्प हो। जब पनि गर्न सक्छु तब आफैलाई हसाउछु।’

आफ्नो आर्थिक  समस्याको बारेमा कुरा गर्दै उनले लेखिन् ,”मेरो फिल्म ‘शट अप सोना’ अहिले पनि दुनियाभरि चलिरहेको छ। मेरो सबै बचत यस फिल्ममा गयो र  म-हामारीको कारण केहि समय पहिले हामीलाई यस्तो अवस्थामा खडा गर्यो, जहाँ कमाउने कुनै उपाय नै छैन। ‘सोना मोहापात्राको ट्वीट अहिले  भाइरल भईरहेको छ। साथै दर्शकले गायिकाको पोस्टमा कमेन्ट गर्दै हिम्मत राख्न सल्लाह दिएका छन्। “

सोना मोहापात्राले अघिल्लो वर्षको अन्तर्वार्तामा भनेकी थिइन् -“पछिल्लो केही दिनमा मसँग कोरोना भाइरससँग  आधारित गीत बनाउन प्रस्ताव आईरहेको छ तर मैले सबै प्रस्तावलाई अस्वीकार गरे।”

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७८१३:१२

आमा सारिका र बुबा कमल हासनको डिभोर्सले खुशी श्रुति हासन, आफैं खुलाइन् कारण !