एजेन्सी – इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अर्को महिना सुरु हुने युरोपेली च्याम्पियनसिपका लागि ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।
साउथगेटले ४ नयाँ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका हुन् । गोलरक्षकद्वय साम जोन्सटन र आरोन राम्सडेलसँगै डिफेन्डरद्वय बेन व्हाइट र बेन गडफ्रे टोलीमा पहिलो पटक परेका हुन् । प्रिमियर लिगमा उच्च प्रदर्शन गरेका लिड्स युनाइटेडका फरवार्ड प्याट्रिक बामफर्डले भने टोलीमा स्थान बनाउन सकेनन् ।
साउथगेटले अब एक साता प्रशिक्षणपछि अर्को मंगलबार २६ सदस्यीय अन्तिम टोली घोषणा गर्नेछन् । अर्को बुधबार इंग्ल्यान्डले वार्म अप खेलमा अष्ट्रियाको सामना गर्दैछ । त्यसपछि ६ जुनमा टोलीले रोमानियाको सामना गर्नेछ ।
इंग्ल्यान्ड युरोको समूह डी मा रहेको छ । इंग्ल्यान्डको समूहमा क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्र रहेका छन् । इंग्ल्यान्डले पहिलो खेल १३ जुनमा क्रोएसियाविरुद्ध खेल्नेछ ।
३३ सदस्यीय प्रारम्भिक टोली :
गोलरक्षक : डीन हेन्डरसन, साम जोन्सटन, जोर्डन पिकफर्ड, आरोन राम्सडेल
डिफेन्डर : ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, बेन चिल्वेल, कनर कोडी, बेन गडफ्रे, रिस जेम्स, ह्यारी मगाएर, टाइरन मिन्ज्स, लुक शा, जोन स्टोन्स, काइरान ट्रीपिएर, काइल वाल्कर, बेन व्हाइट
मिडफिल्डर : जुड बेलिंघम, फिल फोडेन, ज्याक ग्रिलिस, जोर्डन हेन्डरसन, जेसे लिंगार्ड, मेसन माउन्ट, काल्भिन फिलिप्स, डेक्लन राइस, बुकायो साका, जेडन सान्चो, जेम्स वार्ड प्राउज
फरवार्ड : डोमिनिक काल्भर्ट लेविन, मेसन ग्रिनवुड, ह्यारी केन, मार्कस रासफर्ड, रहिम स्टर्लिङ, ओली वाटकिन्स

