युरोकप २०२० सुरु हुनको लागि अब केहि हप्ताको मात्र समय बाँकी रहेको छ। १२ जुनबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल १२ जुलाईमा हुनेछ। कोरोना महामारीको कारण २०२० मा हुन नसकेको प्रतियोगिता यो वर्ष हुन लागेको हो। प्रतियोगितामा २४ टोली सहभागी हुनेछन्। सबै टोलीले हालसम्म कम्तीमा प्रारम्भिक टोली घोषणा गरिसकेका छन्।

तपाईंको प्रतियोगितामा कुन टोलीलाई समर्थन गर्दै हुनहुन्छ त ? साबिक विजेता पोर्चुगल, विश्व विजेता फ्रान्स, जर्मनी, स्पेन, इंग्ल्याण्ड, बेल्जीयम जस्ता टोलीलाई यो पटकका लागि प्रमुख दाबेदारको रुपमा हेरिएको छ। प्रतियोगितामा सहभागी हुने २४ टोलीलाई एक ग्रुपमा चार-चार टोली गरेर कुल ६ समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेता र उपविजेता अघिल्लो चरणमा प्रवेश गर्नेछन् भने तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टोली पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन्।

युरोकप २०२० को कुन समूहमा कुन-कुन टोली छन् त ?
समूह ‘ए’
इटाली, स्विजरल्याण्ड, वेल्स र टर्की
समूह ‘बी’
बेल्जियम, डेनमार्क, फिनल्याण्ड र रसिया
समूह ‘सी’
अस्ट्रिया, नेदरल्याण्ड, उत्तर मेसेडोनिया र युक्रेन
समूह ‘डी’
क्रोएसिया, चेक गणतन्त्र, इंग्ल्याण्ड र स्कटल्याण्ड
समूह ‘इ’
पोल्याण्ड, स्लोभाकिया, स्पेन र स्विडेन
समूह ‘एफ’
फ्रान्स, जर्मनी, पोर्चुगल र हंगेरी

