गर्ल ग्याङ्गसँग सुहाना खानको मस्ती, हेर्नुहोस् बिकिनी अवतार !

बलिउड बादशाह  शाहरुख खानको छोरी सुहाना खान चर्चित स्टारकिड्स मध्ये एक हुन्। सुहानाले फिल्मी जगतमा प्रवेश नगरेपनि उनी प्रायजसो चर्चामा आउँछिन्। सुहाना सामजिक सञ्जालमा आफ्नो ग्ल्यामरस फोटोले सधैँ दर्शकको ध्यान खिच्छिन्। न्युयोर्कमा पढाई गरिरहेकी सुहाना प्राय आफ्नो साथीहरुसँग पार्टीमा देख्न सक्छौ। हालै  शाहरुखको प्यारी छोरी सुहानाले केहि फोटो साझा गरेकी थिइन् जसमा उनी आफ्नो गर्ल ग्याङ्गसँग पूल पार्टी गर्दै थिइन्।

फोटोमा सुहानाको सबै साथी बिकिनीमा थिए।  यधपी सुहानाले भने  आफ्नो साथीको पछाडी थिइन्। जसकारण उनले के लगाईरहेकी छनन् त्यो देखिएको थिएन। सुहानाको साथी अलानाले  इंस्टाग्राममा फोटो साझा गरेकी थिइन् जसमा सुहानाले कमेन्ट गरेकी छन्।  उनले  हर्ट इमोजी पोस्ट गरेकी छन्।

सुहानाको यी फोटोलाई फ्यानले निकै मन पराएका छन्। सुहाना २२ मे २०२१ मा २२ वर्षकी  भएकी हुन्।  जन्मदिनमा  सुहानाले साथीसँग निकै रमाईलो गरेकी थिइन्।

सुहाना खान अहिले न्युयोर्कमा अभिनयको कोर्सको पढाई गरिरहेकी छन्। उनी आफ्नो पढाई सकिए पछि बलिउडमा काम गर्नेछिन्।  फ्यान उनको बलिउडमा डेब्युको लागि निकै आतुर छन्। शाहरुखका  अनुसार उनको छोराछोरी पहिला पढाई पूरा गर्नेछन् र पछि फिल्म इंडस्ट्रीमा प्रवेश गर्नेछन्।

प्रकाशित : बुधबार, जेठ १२, २०७८२०:३५

संगीतबाट सन्यास लिएका नितेश , यस मोडलको प्रेममा !