इंग्ल्याण्डमा हुने टि-२० ब्लास्ट र द हन्ड्रेड क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने तयारीमा रहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको भिसा आउन ढिलो भएको छ। कोरोना महामारीको कारण नेपालमा भिसा प्रक्रिया सम्बन्धि सेवा बन्द भएकोले भारतबाट उक्त प्रक्रिया गर्नु परेकोले भिसा आउन ढिलाई भएको हो।

सन्दीपले आफ्नो ट्वीटरमा एक पोस्ट गर्दै आफूले एक महिना अघिबाट नै भिसाको प्रक्रिया सुरु गरेको भएपनि अहिलेसम्म भिसा नआएको बताएका छन्। उनले भिएफयस अफिसियललाई मेनसन गर्दै आफ्नो उडानको समय नजिकिँदै गरेको तर भिसा बारे केहि स्पष्ट अपडेट नदिईएको उनको गुनासो रहेको छ। सन्दीप टि-२० ब्लास्ट र द हन्ड्रेडका लागि मे को अन्तिम सम्ममा इंग्ल्याण्ड पुग्नु पर्ने बताइएको छ । सन्दिपको उक्त ट्विटमा भिएफएसले रिप्लाई दिँदै तपाईको समस्यालाई इमेलमा लेखेर पठाउन आग्रह गरेको छ।

टि-२० ब्लास्टमा सन्दीप वस्र्टसरसँग आवद्द रहेका छन् जसको पहिलो खेल जुन ९ मा नोटिङहामसायरसँग रहेको छ। ब्लास्ट यहि जुन ९ तारिकबाट सुरु भएर १८ सेप्टेम्बरसम्म चल्नेछ। त्यस्तै, जुलाई २१ बाट पहिलो संस्करणको द हन्ड्रेड सुरु हुनेछ। द हन्ड्रेडमा सन्दीप ओभलको तर्फबाट सहभागिता जनाउने छन्।

