पछिल्लो २४ घण्टामा संक्रम्मित भन्दा निको हुनेको सङ्ख्या बढी, उपत्यकामा पनि घट्न थाले संक्रमित !

काठमाण्डाै – बुधबार देशभर ६ हजार ७१४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

यस दिन १९ हजार ३० जनाको पीसीआर परीक्षण र ३२२ जनाको एन्टीजिन परिक्षण गर्दा  कुल ६ हजार ७१४ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५ लाख ३५ हजार ५२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका १४५ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ६ हजार ८४५ पुगेको छ ।

यस दिन मुलुकभर ६ हजार ७१६ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४ लाख ११ हजार ६०३ पुगेको छ। अहिले नेपालमा १ लाख १७ हजार ७७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र १ हजार ४९३ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा १ हजार १३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन्।

प्रकाशित : बुधबार, जेठ १२, २०७८१६:४१

सुआरेजलाई बार्सिलोनाबाट निकालिएको इख, एटलेटिकोमै रहेर देखाइदिने !