एजेन्सी – इजिप्शियन स्टार फरवार्ड मोहमद सालाह लिभरपुलका मूख्य स्ट्राइकर हुन्। सन् २०२०-२१ को सिजनमा क्लबले खासै राम्रो प्रदर्शन गर्न नसकेपनि उनले भने एकनासको प्रदर्शन गरे।
सालाहले २०-२१को सिजनमा २२ गोल गरे। सालाहप्रिमियर लिगको दोस्रो सर्वाधिक गोल कर्ता रहे। उनी लिगको गोल्डेन बुट जित्नबाट मात्र एक गोलले पछि परे।
लिभरपुलका पूर्व गोलकिपर डेभिड जेम्स लिगकै शिर्ष गोलकर्ता मध्ये एक रहेका यिनै सालाहलाई लिभरपुलले बेच्नु पर्ने बताउँछन्। उनका अनुसार सालाहका कारण लिभरपुल टिम अगाडी बढ्न सकिरहेको छैन।
एक खेल मिडियासँग कुराकानी गर्नेक्रममा डेभिडले सालाहका कारण लिभरपुलको फुटबल टोली वास्तविक सम्भावना देखि विमुख भएको बताए। उनका अनुसार सालाह नहुँदा लिभरपुलले अझ राम्रो खेल्न सक्छ।
“उनी गोल्डन बुटको दौडमा दोस्रो स्थानमा हुन सक्छन, तर मलाई लाग्छ कि लिभरपुल सालाह बिना राम्रो खेल्न सक्छ।”,लिभरपुलका पूर्व गोलकिपर समेत रहेका उनले भने।
आफूले यसो भन्नुको अर्थ सालाह नराम्रा खेलाडी हुन् भन्ने नरहेको पनि उनले स्पष्ट पारे। डिएगो जोटा, फर्मिनो र माने बीचको तालमेल अझ रहेको हुने उनको भनाई छ।
उनले भने,”मैले सालाह राम्रो खेलाडी होइनन् भन्न खोजेको होइन, उनी कुन स्तरका खेलाडी हुन् भन्ने बारे उनले गरेका गोल बोल्छन्। तर, लिभरपुलमा उनी नहुने हो भने अझ राम्रो तालमेल बन्छ।”

