कोन्टेले छाडे इन्टर, रियल जाने ?

एजेन्सी – एक दशक पछि इन्टर मिलानलाई सिरी ‘ए’ उपाधि दिलाएका प्रशिक्षक एन्टोनियो कोन्टेले इन्टर छाड्ने भएका छन्। ११ वर्ष पछि केहि हप्ता अगाडी मात्र इन्टरलाई इटालियन च्याम्पियन बनाएका उनले इन्टर छाड्ने भएका हुन्।

कोन्टेले क्लबसँग आपसी समझदारी बिदा लिएको बताइएको छ। सन् २०१९ देखि इन्टरको जिम्मेवारी सम्हालेका उनले दुई वर्षमै क्लबलाई उपाधि दिलाउन सफल भए। यधपी आउने सिजनका लागि उनले बनाएको योजना र क्लबको योजना मेल खाएन। जसकारण उनले बहिर्गमनको बाटो रोजे।
५१ वर्षीय प्रशिक्षकलाई क्लबले असाधारण सफलता हासिल गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ।

अब यात्रा रियल म्याड्रिड को ?

पछिल्लो केहि समय देखि जिनेदिन जिदानले रियल म्याड्रिड छाड्ने चर्चा चलिरहेको छ। जिदानले क्लब छाड्ने नछाड्ने स्पष्ट नभईसके पनि कोन्टे रियल जाने चर्चा छ। विभिन्न संचार माध्यमहरुका अनुसार जिदानले रियल छाडेको खण्डमा कोन्टे रियल जानेछन्।

इन्टरमा को ?

इन्टरले केहि दिनमै नयाँ प्रशिक्षक घोषणा गर्ने बताइन्छ। इन्टरको नयाँ प्रशिक्षकमा भेन्टसका पूर्व प्रशिक्षक मासिमिलानो एलेग्री र लाजियोका वर्तमान प्रशिक्षक सिमोने इन्जाघी मध्ये एक रहने चर्चा छ।

प्रकाशित : बिहिबार, जेठ १३, २०७८०१:३१

भिल्लारियललाई युरोपा लिगको उपाधि !