एजेन्सी – रियल म्याड्रिडबाट लोनमा टोटेनहम पुगेका ग्यारेथ बेलको भविष्य अझै अनिश्चित छ। एक सिजनको लागि लोनमा टोटेनहम पुगेका उनको टोटेनहम बसाइ पनि अन्त्य भएको छ । उनको भविष्य के होला भन्ने विषयमा सबैको चासो छ।
पछिल्लो केहि समय देखि उनले फुटबल करियरबाट सन्यास लिने चर्चा पनि चलिरहेको छ। बेलले आफ्नो भविष्य बारे युरो कप पश्चात निर्णय गर्ने बताए पछि उनले फुटबलबाट सन्यास लिने चर्चा चलेको हो। बेलले भनेका थिए,”मेरो निर्णय के हुन्छ भन्ने युरो पछि मात्र थाहा हुन्छ । के गर्नुपर्छ भन्ने मलाई थाहा छ तर अहिले नै त्यो भन्नु राम्रो हुँदैन।”
बेलले सन्यास लिने हल्ला चलेपनि विभिन्न रिपोर्टहरुले भने त्यस्तो निर्णय लिने पक्षमा बेल नभएको दावी गरेका छन्। बेलले युरो कप पछि निर्णय लिने भएपनि त्यो सन्यास नहुने फाब्रिजियो रोमानो बताउँछन्। रियल र टोटेनहम दुवै पक्षसँग छलफल गरेर भविष्य बारे केहि निर्णय बेलले गर्न लागेको भएपनि सन्यासको हल्ला झुठो रहेको उनको दावी छ।
उनी भन्छन्,”ग्यारेथ बेलले यूरो पछि रिटायर हुने योजनामा छैनन्। फवाहहरूको बावजुद, बेल आफ्नो भविष्यको निर्णय गर्न पर्खिरहेका छन्। टोटेनहमको नयाँ प्रशिक्षक नियुक्त भएपछि थप छलफल हुनेछ। जे होस्, बेलले सन्यास लिदैनन्।
टोटेनहममा बेलको प्रदर्शन
रियलमा खासै मौका नपाएका बेलले टोटेनहमका लागि सबै प्रतियोगितामा बेलले १६ गोल गरे । विभिन्न खेलहरुमा बेल निर्णायक पनि सावित भए। यूईएफए युरोपा कन्फ्रेन्स लिगका लागि टोटेनहम उनकै कारण छनोट भयो। सिजनको अन्तिम खेलमा बेलले दुई गोल गरेका थिए। उनकै दुई गोलका कारण लेष्टर विरुद्ध टोटेनहमले ४–२ को जित निकालेको थियो।

