कतिपय मानिस वजन घटाउनको लागि भनेर बिहान केहि नखाई बस्ने गर्छन् तर यो गलत हो। नास्ता नखाँदैमा तपाईंको वजन कम हुन्छ भने कुरा कतै पनि सहि हैन। यदि तपाईं वास्तवमा नै वजन कम गर्न चाहनुहुन्छ भने बिहानको नास्तामा केहि परिवर्तन ल्याउन जरूरी हुन्छ। यस्ता केहि चीज छन् जसले सेवन बिहानको समयमा गर्दा छिट्टै तपाईंको तौल बढ्न सक्छ। तपाईंले बिहानको नास्तामा सही चिजको सेवन गर्नु भयो भने यसले दिनभर शरीरलाई उर्जा त प्रदान गर्छ नै वजन कम गर्न पनि मद्दत गर्छ। नास्तामा प्रोटिन सामिल गरेर वजन कम गर्न सकिन्छ।
आज हामी तपाईंलाई केहि यस्ता चीजको बारेमा बताउँछौं जसको सेवाम बिहानको नास्तामा तपाईंले कहिल्यै गर्नु हुँदैन यदि तपाईं आफ्नो वजन कम गर्न चाहनुहुन्छ भने…..
फ्रुट जूस
फलफुलको जुसले अधिक मात्रामा क्यालोरी समावेश गर्छ र यसमा प्रोटिन तथा फाइबर कम मात्रामा हुन्छ, जुन बिहानको नास्तामा हुन निकै जरूरी हुन्छ। त्यसैले यदि तपाईंलाई बिहान काली पेटमा फलफुलको जुस पिएर वजन कम हुन्छ भन्ने लाग्छ भने तपाईंको यो सोच गलत हो।
क्यान्ड फूड
यदि तपाईं आफ्नो वजन कम गर्न चाहनुहुन्छ भने बिहानको समयमा तपाईंले यस्ता खानको सेवन गर्नु हुँदैन जुन प्याक्ड हुन्छ, जस्तै चिप्स, पपकर्न, स्न्याक्सका साथै अन्य ड्राइ फुड, आदि।
बेकरी आइटम
धेरै जसो मानिस बिहानको नास्तामा चिया वा कफीको साथमा केक, बिस्कुटका साथै विभिन्न बेकरी आइटमहरुको सेवन गर्ने गर्छन्। तर यसमा समावेश तेल र फ्याटले तपाईंको शरीरमा बोसो लाग्न सक्छ, जसले तपाईंको वजन बढाउने काम गर्छ।
फ्राइड खाना
फ्राइड वा तारेको खाना हामीले बिहान नै खानु पर्छ ताकी दिउसोको समयमा यो सजिलै पच्न सकोस्। तर आफ्नो वजन कम गर्न चाहने मानिसले भने यस्ता खाना झुक्केर पनि बिहानको समय यस्ता खाना खानु हुँदैन।