एजेन्सी – इटालियन सिरी ए अन्तर्गत अन्तिम चरणको खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बेन्चमै सीमित भए। युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले सिजनको अन्तिम खेलमा उनलाई मौका दिएनन्।
अन्तिम खेलमा मौका नभएको केहि दिन नबित्दै रोनाल्डोको सामाजिक संजालमा एक स्ट्याटस आयो। त्यसक्रममा उनले इटालीको फुटबल करियर निष्कर्षमा पुगेको संकेत गरे। रोनाल्डोले आफ्नो योजना अनुसार इटालीमा सफलता प्राप्त गरेको दावी गरेका थिए। इटाली आएको पहिलो दिन नै आफूले गरेको संकल्प पूरा गएको रोनाल्डोले स्पष्ट रुपमा सामाजिक स्नाजलमा उल्लेख गरेका थिए।
उक्त स्ट्याटस सँगै रोनाल्डोले युभेन्टस छाड्ने चर्चा जोड-तोडका साथ चलिरहेको छ। अगाडी देखि नै रोनाल्डो युभेन्टस छाड्ने तयारीमा रहेको बताइने गरिएको भएपनि त्यस स्ट्याटस पश्चात रोनाल्डोको बहिर्गमनले थप चर्चा पाएको छ।
कहाँ जालान् रोनाल्डो ?
इटालीको खेल पत्रिका क्याल्सिओमरकाटोका अनुसार रोनाल्डोलाई अहिले युरोपमा दुई क्लबले मात्र भित्रयाउन सक्छन्। रोनाल्डो रियल म्याड्रिड जाने थोरै पनि सम्भावना रहेको उक्त पत्रिकाको दावी छ। रोनाल्डो फ्रान्स र बेलायत बाहेक अन्यत्र जाने सम्भाना नरहेको क्याल्सिओमरकाटोले जनाएको छ।
रोनाल्डो पेरिस सेन्ट जर्मेन(पीएसजी) र म्यानचेस्टर युनाइटेड बाहेक अन्य कुनै क्लब पनि नजाने क्याल्सिओमरकाटोको भनाई छ। क्याल्सिओमरकाटोका अनुसार हाल ३८ मिलियन डलर आसपास पारिश्रमिक बुझिरहेका रोनाल्डो पीएसजी जान सक्ने उच्च सम्भावनालाई नकार्न सकिँदैन भने उनी म्यानचेस्टर युनाइटेड उनी फिर्ता हुने कुरा पनि असम्भव छैन।

