नयाँ पार्टी दर्ता गर्ने तयारीमा ठाकुर– महतो !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने भएका छन् । ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले शुक्रबार निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भएका हुन । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

जसपाको कार्यकारिणी समितीमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले पुरानै पार्टीलाई ब्युउताउने भएका छन् । जसपाको ५० सदस्यिय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बाँकी २९ सदस्य यादवको पक्षमा छन् ।  तर, संसदीय दलमा भने बहुमत सदस्य ठाकुरको पक्षमा उभिएका थिए । ३२ जना सांसदमध्ये ठाकुरको पक्षमा १९ र यादवको पक्षमा १३ जना सांसद उभिएका थिए ।

राजपाको चुनाव चिन्ह भने हातको पञ्जा हुने भएको छ । राजपा बुधवार नै दर्ता गर्ने तयारी भएपनि सार्वजनिक बिदा भएको कारण रोकिएको थियो । जसपाको केन्द्रीय कार्यकारिणीमा बहुमत जुटाउनको लागी अशोक राई र इस्तियाक राई लगायतका नेताहरुसँग ठाकुरले निरन्तर छलफल गरेपनि प्रयास असफल भएपछि नयाँ पार्टी दर्ता गर्ने निष्कर्शमा ठाकुर पक्ष पुगेको हो । यससँगै प्रतिनिधिसभाको दोस्रो पटक विघठन भएपछि सरकारमा जाने तयारी गरेको ठाकुर पक्ष केही दिन अदालतको फैसला कुरेर मात्र सरकारमा जाने भएको छ ।

प्रतिनिधिसभा विघठनविरुद्ध प्रतिनिधिसभा पुर्नस्थापनादेखि केपी ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने मागसहितका परेका ३० मध्ये १९ वटा रिटमा बिहीबारदेखी सुनवाइ शुरू हुदैँछ भने संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ शुक्रबारीवाट शुरू हुनेछ । जसपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई सर्वोच्चको फैसलापछि मात्र सरकारमा सहभागी हुने जानकारी दिएका छन् । जसपा उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालय लिएर राजेन्द्र महताको नेतृत्वमा सरकारमा जाने तयारीमा छ ।

प्रकाशित : शुक्रबार, जेठ १४, २०७८०६:३०

उच्च न्यून चापीय क्षेत्र नेपालतर्फ सोझियो, के होला नेपालको मौसममा असर ?