काठमाडौँ – पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण नेपालको मौसममा परेको असर केहि दिन अझै रहने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्र (Depression )को प्रभावका कारण नेपालको मौसममा बदलि भइरहेको छ।
शुक्रबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।
महाशाखाका अनुसार च्च पहाडी / हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूर-पश्चिम प्रदेशका उच्च पहाडी / हिमाली भू-भागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।
त्यस्तै शनिबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
कस्तो रहला आगामी तीन दिनको मौसम ?
२०७८ जेठ १४ गते (शुक्रबार)
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ। उच्च पहाडी / हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूर-पश्चिम प्रदेशका उच्च पहाडी / हिमाली भू-भागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।
२०७८ जेठ १५ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
२०७८ जेठ १६ गते (आईतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,बागमती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश १ ,प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

