सलमानले डेब्यु गराएकी जरिनलाई जब निर्देशकले किसिङ सीनको अभ्यास गरौं भने …

फिल्म इन्डस्ट्रीमा कास्टिंग काउच एक ठूलो समस्याको रुपमा रहेको छ । त्यसबाट बलिउड पनि अछुतो छैन । बलिउडमा  थुप्रै अभिनेत्री छन् जसले आफूमाथि भएको  शोषण भएको खुलासा गरेका छन्। हालै सलमान खानसँग बलिउडमा डेब्यू गर्ने अभिनेत्री जरीन खानले आफूमाथि भएको  कास्टिंग काउचको खुलासा गरेकी थिइन्। उनले आफु दुईपटक यसको शिकार भएको बताएकी थिइन्।

जरीन खानले पिंकभिल्लासँग कुराकानी गर्नेक्रममा आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी थिइन्। उनले आफूमाथि भएको  पहिलो  कास्टिंग काउचको यस नमिठो अनुभवको बारेमा कुरा गर्दै भनिन् कि उनलाई एक निर्देशकले आफुसँग किसिङ सीन रिहर्सल गर्न भनेका थिए ।

अभिनेत्रीले बताईन् ,” निर्देशकले मलाई हिचकिचाउन  कम गर्न भनेका थिए। तिमीले आफ्नो  करियरको अवरोधलाई टाढा गर्नुपर्छ। उसले यस्तो म फिल्म उद्योगमा नयाँ भएको कारण भनेका थिए। ” अभिनेत्रीले स्पष्ट रुपमा किसिङ सीन रिहर्सल नगर्ने कुरा बताएकी थिइन्।

त्यसपछि उनले आफूमाथि भएको दोस्रो कास्टिंग काउचको बारेमा बताईन्।  उनले भनिन्। ” जब मैले बलिउडमा आफ्नो पहिचान बनाईसकेकी थिए तब एक व्यक्तिले मलाई उसँग मित्रता अगाडी बढाए मलाई केहि महत्त्वपूर्ण प्रोजेक्ट्स दिलाउन मदत्त गर्न सक्ने कुरा बताएका थिए। त्यस समय मैले आफ्नो लागि आत्मसम्मान सबैभन्दा ठुलो भएको कुरा बताएकी थिएँ”

यसै अन्तर्वार्तामा जरीन खानले कट्रिना कैफसँग तुलना भएको कारण आफ्नो आफ्नो  करियरमा झड्का लागेको कुरा बताएकी थिइन्। जरीनले सलमानसँग  वीर फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन्। यस फिल्ममा उनको लुक बहिरिएपछि दर्शकले उनको तुलना कट्रिनासँग गर्न थालेका थिए। अभिनेत्रीले लगातार  तुलनाको कारण आफ्नो करियरमा झट्का लागेको र पुरै तरिकाले आफ्नो प्रतिभा देखाउन नपाएको कुरा पनि भनिन्। अहिले  जरीन खानको आमा  अस्पतालमा भर्ती छिन्। उनले एक पोस्ट मार्फत यस बारे जानकारी दिएकी थिइन्।

प्रकाशित : आइतबार, जेठ १६, २०७८२०:२५

ट्रान्सपरेन्ट ड्रेसमा अनिल कपूरको भतिजीले लगाइन् आगो, हेर्नुहोस् तस्विर सहित !