म्यानचेस्टरका दुई क्लब सिटी र युनाइटेडको उस्तै नियति, दुवै युरेपेली उपाधिबाट चिप्लिए !

एजेन्सी – बेलायत स्थित म्यानचेस्टर शहरका दुवै क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले केहि दिनको अन्तरालमा समान नियति भोग्न बाध्य भएका छन्। युनाइटेड युरोपा लिगको उपाधि जित्नबाट वन्चित भयो भयो भने सिटीबाट च्याम्पियन्स लिग चिप्लियो।

युरोपका दुई ठूला प्रतियोगिताको फाइनल सम्मको यात्रा गरेपनि दुवै टोली च्याम्पियन बन्न भने सकेनन्। केहि दिन अगाडी मात्रै म्यानचेस्टर युनाइटेडले युरोपा लिग स्पेनिस टोली भिल्लारियललाई सुम्पिएको थियो। त्यसको केहि दिन पछि मात्रै शनिबार राति सिटी पनि इंगलिस क्लब चेल्सीलाई च्याम्पियन्स लिग सुम्पियो।

भिल्लारियलले क्लब इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि जित्दा डन डेथमा म्यानचेस्टर युनाइटेड ११-१० ले पराजित भएको थियो। त्यस्तै शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी लन्डन क्लब चेल्सीसँग पराजित भयो। प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई चेल्सीले १-० गोल अन्तरले पराजित गर्यो।

पहिलो हाफमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोल निर्णायक बन्यो। सिटीले धेरै मौका पाएपनि मौकाको सदुपयोग गर्न सकेन। चेल्सीले पहिलो हाफको अन्त्यतिर हाभर्ट्जको गोलमा अग्रता लिएको थियो । मेसन माउन्टले आफ्नै हाफबाट दिएको उत्कृष्ट थ्रु पासलाई हाभर्ट्जले गोलरक्षक एडरसन मोराएसलाई छलाउँदै गोल गरेका थिए।

गोल गर्न सिटीका खेलाडीहरुले अन्तिम समय सम्म प्रयास गरेपनि गोल सम्भव हुन सकेन। इतिहाँसमा पहिलो पटक च्याम्पियन्स लिग जित्ने सिटीको सपना सपनामै सिमित भयो।

प्रकाशित : आइतबार, जेठ १६, २०७८०८:५७

चेल्सीले जित्यो यो पटकको च्याम्पियन्स लिग, फाइनलमा सिटी पराजित !