ग्रहहरुको सेनापति मंगल ग्रह यहि जुन २ तारिकको दिन मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दैछ। यस राशिमा मंगल २० जुलाईको दिनसम्म विराजमान रहनेछ। चन्द्र ग्रहको स्वामित्व रहेको कर्कट राशिमा मंगल ग्रह नीच मानिन्छ। त्यस्तै, मंगल ग्रहलाई मकर राशिमा उच्च मानिन्छ। कर्कट राशिमा मंगल ग्रहको गोचर हुनाले ५ राशिका मानिसलाई नकारात्मक प्रभाव पार्नेछ। यी ५ राशि यस प्रकार छन्:-
मिथुन राशि
तपाईंको लागि मंगल ग्रहको प्रभाव राम्रो भन्न सकिन्न। अनावश्यक झै-झगडाबाट टाढा नै रहनुहोला। कानुनी मामिला पनि आपसी सहमतिमै सुल्झाउन सकियो भने राम्रो हुनेछ। घर-जग्गा सम्बन्धि मामिलामा उल्झन आउनसक्छ। तपाईंको जिद्दीपन तथा रिस नियन्त्रणमा राख्नुहोला, अन्यथा बनेको काम पनि बिग्रन सक्छ। पारिवारिक कलह बढ्नाले मानसिक अशान्ति रहनेछ। स्वास्थ्यमा सामस्या देखा पर्न सक्छ।
सिंह राशि
यस अवधिमा विभिन्न समस्याको सामना गर्नुपर्नेछ। शिक्षा क्षेत्रका मानिसको लागि पनि यो समय त्यति खास नरहला। अधिक खर्चका कारण आर्थिक संकटको सामना गर्नुपर्नेछ। साथी-भाई तथा आफन्तबाट अशुभ समाचार प्राप्त हुनसक्छ। तपाईंले आफ्नो तथा परिवारका सदस्यको स्वास्थ्यको ध्यान दिन आवश्यक रहेको छ।
तुला राशि
कार्यक्षेत्रमा विविध उतार-चढाव आउनसक्छ। यस राशिका मानिसको लागि कतै न कतै मंगल ग्रह अशुभ हुन्छ, त्यसैले स्वास्थ्य प्रति अत्यन्त सावधान हुन आवश्यक छ। उच्च अधिकारीहरूसँगको सम्बन्ध बिग्रन नदिनुहोस्। कुनै पनि क्षेत्रमा कडा परिश्रमको बाबजुद पनि सफलता प्राप्त गर्नको लागि समय लाग्नेछ।
धनु राशि
यो समयमा मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। स्वास्थ्यको बारेमा सावधान रहन अत्यन्त आवश्यक रहेको छ। कार्यक्षेत्रमा षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्। कानुनी मामिला पनि आपसी रूपमा समाधान गर्नु नै राम्रो हुन्छ। घर जग्गा सम्बन्धि मामिला सावधानीका साथ समाधान गर्नुहोस्। आर्थिक पक्ष भने मजबूत रहनेछ।
मकर राशि
दाम्पत्य जीवनमा समस्या आउनसक्छ। जीवनसाथीसँग विवाद बढ्न नदिनुहोला। सरकारी क्षेत्रका कार्य गर्न चाहनुहुन्छ भने यो समय उत्तम रहनेछ। विवाह सम्बन्धि वार्तालापले केहि समय लिन सक्छ। तपाईं आफ्ना योजनाहरु गोप्य राखेर मात्र काम अगाडी बढाउनुहोला, अन्यथा असफल हुने खतरा हुनसक्छ।