जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप

मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज निषेधाज्ञाको समय सकिनु अगाडि पाँचांै सूचना जारी गर्दै जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।

साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा आजदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा आज राति सकिँदैछ । निषेधाज्ञाको समयावधिभरि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । साताको आइतबार र बुधबार दुई दिन बिहान १० देखि २ बजेसम्म बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई खोल्न दिने निर्णय भएको प्रजिअ अधिकारीले बताए । यसैगरी तरकारी, खाद्यान्न, बीउबिजन, कृषि औजार, निर्माण सामग्रीका पसलहरु बिहान ५ देखि १० बजेसम्म खुल्ला रहनेछन् ।

प्रकाशित : सोमबार, जेठ १७, २०७८१५:१७

कुलमानलाई पार्टी खोलेर चुनाव लड्न रोबिनको सुझाव, पूरा साथ दिने घोषणा गर्दे यसो भने !