“ग्वार्डिओलाले अगुएरोलाई कहिल्यै चाहेनन्, मौका दिँदै दिएनन्”

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको प्रिमियर लिग च्याम्पियन टोली म्यानचेष्टर सिटीको यात्रा सन्तोषजनक भने रहने सकेन । अघिल्ला सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अगुएरोले यो सिजन धेरै अवसर पाएनन् ।

शनिबार चेल्सीविरुद्धको च्याम्पियन्स लिग फाइनलमा पनि उनले धेरै समय पाएनन् । चेल्सीसँग १–० ले पराजित भएपछि सिटी उपाधि विमूख बनेको थियो । सिटीका खेलाडीका रुपमा अगुएरोको त्यो अन्तिम खेल थियो । खेल पछि अगुएरो निकै भावूक बनेका थिए । उनको आँखा आँसुले भरिएको थियो ।

त्यो दृश्यले पक्कै पनि उनको परिवारलाई दुःखी बनाएको हुनपर्छ । अगुएरोका दाजु माउरिसियो डेल कास्टिलोले सामाजिक सञ्जालमार्फत सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको आलोचना गरेका छन् । ‘ग्वार्डिओला सिटीमा आएयता उनले मेरो भाईलाई कहिल्यै चाहेनन्’, उनले ट्विट गरेका थिए । पछि उनले त्यो ट्विट हटाएका थिए ।

ग्वार्डिओलाले भने अगुएरोको तारिफ गरेका थिए । उनले अगुएरोलाई उत्कृष्ट खेलाडी भएको बताएका थिए । प्रिमियर लिगमा अन्तिम खेलमा अगुएरोले २ गोल गरेको खेलमा एभर्टनलाई ५–० ले हराएको थियो । त्यहि गोलपछि अगुएरो प्रिमियर लिगको कुनै पनि टोलीका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका थिए ।

सिटीले लिग उपाधि जितेपछि अगुएरोले भने यसपटक धेरै मौका पाएनन् । ग्वार्डिओलाले नै अगुएरो स्पेनिस टोली बार्सिलोना जाने बताएका थिए ।

प्रकाशित : सोमबार, जेठ १७, २०७८१७:३१

जिदानको भावुक खुलापत्र – ‘म सधैं रियल म्याड्रिडका समर्थकहरु मध्यकै एक हुन्छु’