सोमबार थप ४ हजार ७६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ । थप १५ हजार ५५ जनाको पिसिआर परीक्षण तथा २ हजार ४२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ४ हजार १७८ तथा एन्टिजेनबाट ५८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३० लाख ५७ हजार ४२४ जना पुगेको छ । हाल ६८७ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म ४ लाख ४७ हजार ४४६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७९ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर १ लाख ६ हजार ४७० सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ११४ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ७ हजार ३८६ पुगेको छ।

