एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान क्लबबाट बाहिरिएका छन्। जिदानले क्लबसँग तेस्रो आवद्धता गत साता तोडेका हुन्। जिदानले क्लब छाडेसँगै क्लबक केहि खेलाडीहरुले पनि क्लब छाड्ने चर्चा चुलिएको छ।
पछिल्लो खबरका अनुसार क्लबका पूराना खेलाडी सर्जियो रामोसले रियल छाड्न सक्छन्। रामोसको सम्झौता यहि जूनको अन्तिममा समाप्त हुँदैछ। क्लबसँग सम्झौता नवीकरण गर्न अस्विकार गरिसकेका उनले रियल छाड्न सक्ने विभिन्न संचार माध्यमहरु बताउँछन्।
क्लबले एक वर्ष सम्झौता थप गर्न राखेको प्रस्ताव उनले अस्विकार गरेको खबर केहि समय अगाडी मात्रै आएको थियो। जिदानले क्लब छाडेपछि उक्त सम्भावना झनै बढेर गएको बताइन्छ।
रामोस प्रिमियर लिग जाने ?
एक खेल मिडियाका अनुसार रामोस प्रिमियर लिग जान सक्छन्। रामोस माथि प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले चासो देखाएको समाचार आएको छ।
सिटीले रामोसलाई सम्पर्क गरेर प्रस्ताव राख्न लागेको बताइएको छ। सिटीले रामोसलाई दुई वर्षे सम्झौताको प्रस्ताव गर्ने लागेको उक्त समाचारमा उल्लेख गरिएको छ।
रियल म्याड्रिड छाड्ने निर्णय गरेको खण्डमा रामोसलाई जसरी पनि भित्र्याउने योजनामा सिटी रहेको छ। ईएसपीएनका अनुसार सिटीले रामोसलाई दुई सम्झौताको प्रस्ताव गर्न सक्छ।
रामोस विगत १५ वर्ष भन्दा बढी समय देखि रियल म्याड्रिडमा छन्। सन् २००५ मा रियल प्रवेश गरेका उनले रियलका लागि उनले ४ सय ६० भन्दा बढी खेल खेलिसकेका छन्। डिफेन्डर भएपनि उनले रियलका लागि ७० भन्दा बढी गोल गरिसकेका छन्।