आक्रामक बार्सिलोना, तीन दिनमा तीन खेलाडी भित्र्यायो ! को-को ?

एजेन्सी – बार्सिलोना क्लबमा ठूला परिवर्तन गर्न जुटेको स्पष्ट भएको छ। नयाँ अध्यक्षले जोआन लापोर्टा भनेजस्तै क्लबमा धेरै परिवर्तन हुने छनक देखिन थालेको छ। क्लबले केहि दिन भित्रै तीन खेलाडी भित्र्याएको छ।

पछिल्लो पटक बार्सिलोनाले ब्राजिलियन डिफेन्डर इमर्सन रोयललाई क्लबमा भित्र्याएको हो। बार्सिलोनाले राइट ब्याक इमर्सनलाई ला लिगा क्लब रियल बेटिसबाट ९ मिलियन पाउन्डमा अनुबन्ध गरेको बताइएको छ। उनको सम्झौता १ जुलाईबाट लागू हुने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

यस अगाडी बार्सिलोनाले अन्य दुई खेलाडीलाई भित्र्याइसकेको छ। बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो र स्पेनिस डिफेन्डर एरिक गार्सियालाई फ्रि ट्रान्सफरमा अनुबन्धन गरेको थियो।

२०१९ जनवरीमा ब्राजिली क्लब एट्लेटिको मिनेइरोबाट बार्सिलोनामा आएका २२ वर्षीय इमर्सनले दुई सिजन लोनमा बेटिसमा बिताएका थिए। रियल बेटिसमा हुँदा उनले लगातार उच्च प्रदर्शन गरे।

मेस्सीसँग पनि थप सम्झौता

अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी बार्सिलोनामै रहने पक्का भएको छ। विभिन्न स्पेनिस संचार माध्यमहरुका अनुसार मेस्सी बार्सिलोनामै रहने पक्का भएको हो।

मेस्सी र बार्सिलोना बीच सम्झौता थप्ने विषयमा मौखिक सहमाति भैसकेको स्पेनिस मिडियाहरुले जनाएका छन्। उनीहरुका अनुसार मेस्सी र बार्सिलोना बीच लिखित सम्झौता हुन मात्र बाँकि छ।

मेस्सी र क्लब बीच भएको सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताइएको छ। स्पेनिस मिडिया मार्काका अनुसार मेस्सी र क्लबबीच दुई वर्ष सम्झौता थप गर्ने सहमति भएको छ।

प्रकाशित : बुधबार, जेठ १९, २०७८१७:२५

मेस्सीको हस्ताक्षर कुर्दै बार्सिलोना !