एजेन्सी – सुपर स्टार लिओनल मेस्सी बार्सिलोनाको सम्झौता नजिक पुगेका छन् । दुई वर्षे नयाँ सम्झौताका लागि हस्ताक्षर भने गर्न बाँकी रहेको क्याटलान संचारमाध्यमले जनाएका छन् । पुरानो सम्झौता जुनको अन्त्यमा सकिदै छ । विगतमा अनेक उतारचढावका कारण मेस्सी आफैले क्लब छाड्न चाहेको थिए ।
गत सिजन क्लबसँग थप विवादमा नजाने भन्दै एक सिजन रहने त्यसपछि अर्को निर्णय लिने बताएका थिए । अब भने बार्सिलोना र मेस्सीबीच नयाँ सहमति बनोको बताइएको छ । अहिले भने क्लबसँगको उनको असमझादी अन्त्य भएकोले नयाँ सम्झौता सम्भव भएको जनाएका छन् ।
यसअघि क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग मेस्सीको सम्बन्धमा चिसोपन आएको थियो । त्यहि कारण उनी क्लब छाड्न चाहिरहेको बताइएको थियो । अहिले जोन लापोर्टा नयाँ अध्यक्षका रुपमा आएपछि भने मेस्सीलाई सहज भएको छ । मेस्सी र लापोर्टाबीच सम्बन्ध सुमधुर रहेको विश्वास गरिन्छ ।
बार्सिलोनाले सिजनको पहिलो खेलाडी भित्राउन क्रममा सर्जियो अगुएरोलाई लिइसकेको छ । अगुएरो मेस्सीका अर्जेन्टिनी सहकर्मी हुन् । उनीहरु बीचको सम्बन्ध पनि राम्रो रहेको बताइन्छ ।