एजेन्सी – आसन्न कोपा अमेरिका २०२१ केहि दिनमै शुरु हुँदैछ। पहिला कोलोम्बियामा हुने भनिएको कोपा अमेरिका ब्राजिलमा हुने पक्का भएको छ। यस अगाडी अर्जेन्टिनामा हुने भनिएपनि अर्जेन्टिना कोपा अमेरिका आयोजना नगर्ने निर्णयमा पुगेको छ।
कोपा अमेरिका आयोजना गर्ने देश परिवर्तन भइरहँदा प्रतियोगी देशहरु तयारीमा जुटिरहेका छन्। विश्वका विभिन्न क्लबमा रहेर फुटबल खेल्दै आएका खेलाडीहरु राष्ट्रिय फुटबलको क्याम्पमा फर्किसकेका छन्।
बार्सिलोना तथा अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सी पनि इन्टरनेसनल ड्यूटीका लागि अर्जेन्टिना फर्किसकेका छन्। मेस्सी केहि हप्ता अगाडी मात्रै अर्जेन्टिना फर्किएका हुन्। यति बेला उनी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा छन्।
क्लोप क्याम्पमा रहेपनि मेस्सीले सामाजिक संजालमा भइरहेका गतिविधि नियाल्न भने छाडेका छैनन्। हालसालै मेस्सीले एक बालिकाको प्रशंसा गर्दै धन्यवाद पनि दिएका छन्। मेस्सीलाई समर्पण गरेर एक भिडियो सामाजिक संजालमा पोस्ट गरेकी बालिकालाई मेस्सीले धन्यवाद दिएका हुन्।
फेलिसिटस फ्लोरेस नाम गरेकी ८ वर्षिया बालिकाले सामाजिक संजालमा एक भिडियो पोस्ट गरेकी थिइन्। भिडियोमा उनले आफ्ना केहि फुटबल कला देखाएकी थिइन् भने भिडियो मेस्सीको नाममा डेडीकेट गरेकी थिइन्।
उक्त भिडियो देखेपछि प्रतिक्रिया जनाउँदै मेस्सीले भनेका छन्,”डेडीकेसनको लागि धेरै-धेरै धन्यवाद। मैले तिम्रो भिडियो हेरें। तिमी साँचै प्रतिभाशाली रहेछौं।”
View this post on Instagram