राशिअनुसार ‘फर्स्ट डेट’ मा के गर्ने ? जान्नुस् कुन राशिलाई के मन पर्छ ?

एजेन्सी, कसैलाई डेटको लागि मनाउनु निकै मुस्किल काम हो । अझ  वास्तविक त उसले माने पश्चात हुन्छ । त्यो ‘फर्स्ट डेट’ नै हुन्छ जुनले तपाइको लागि अगाडीको सबैद्वार खोल्दछ । तपाइलाई यसको केहि अनुभव नहुन सक्छ । यस्तोमा अगाडीको मानिसलाई इम्प्रेस गर्नु सबै भन्दा मुस्किल  हुन्छ ।

यदि तपाइ आफ्नो डेटलाई सक्सेसफुल बनाउन चहानुहुन्छ भने  यि उपायहरु  अपनाउनुहोस् जसको लागि तपाइँले मात्र एउटा काम गर्नु पर्नेछ । त्यो हो उनको राशि। उनको राशि जान्नुहोस् र तल उल्लेख उपाय अपनाउनुहोस् ।

यि  हुन् राशि अनुसार डेट प्लान गर्ने केहि तरिकाहरु:

मेष राशि:

मेष राशिका व्यक्ति एडभेन्चर मन पराउँछन् । यिनमा निकै इनर्जी र प्याशन हुन्छ । यिनीहरु आफ्ना साथिको साथ कहिँ टाढा पहाडमा घुम्न मनपराउँछन् । एक यस्तो ठाउँ जहाँ उनिहरु बाहेक अरु कोहि नहोस् ।

यिनीहरु आफ्नो फर्स्ट डेटमा फिजिकल एक्टिभिटी पनि गर्न मनपराउँछन् । यिनीहरुलाई रेस पनि निकै मनपर्छ । घोडा सवारी हो या बाइक/कार रेस यस्ता चिजमा उनीहरुलाई निकै मनपर्छ ।

वृष राशि:

यस राशिका व्यक्तिलाई आफ्नो कम्फर्टसंग निकै लगाव हुन्छ । यिनीहरु खानाका निकै शोखिन हुन्छन् । कुनै रोमान्टिक डिनरमा जान यिनीहरु निकै मन पराउँछन् । तपाइ यिनलाई कुनै राम्रो रेस्टुरेन्टमा लगेर खुसि पार्न सक्नु हुन्छ । तपाइ चहानुहुन्छ भने  आफैँले उनको लागि केहि खास डिश बनाउन सक्नु हुन्छ ।

मिथुन राशि:

यिनीहरु निकै फन लभिङ हुन्छन् । यिनीहरुलाई ड्रिंक र डान्सबाट इम्प्रेस गर्न सकिन्छ । तपाइ यिनलाई राम्रोसंग तैयार हुन र आफ्नो मुभ्स देखाउन मौका दिनुहोस् ।

यदि तपाइ यस्तो गर्नु हुन्छ त उनीहरु निकै खुसि हुन्छन् । साथमा उनलाई कम्प्लिमेन्ट गर्न नभुल्नु होला । आखिर तारिफको त हर कोहि भोका हुन्छन् ।

कर्कट राशि:

कर्कट राशिका मानिस निकै लजालु स्वभावका हुन्छन् । यिनीहरुलाई लाग्दछ कि कुनै अध्याँरो स्थानमा लुकेर उनीहरु भेट गरुन् । तपाइ यिनलाई मुभी थिएटर लैजानु होस् तर यस्तो कुनै क्रियाकलाप नगर्नुहोस् तर प्रेम देखाउनको लागि हात पकडीन अवश्य सक्नु हुनेछ ।

सिंह राशि:

यिनीहरु  निकै मजेदार खालका हुन्छन् । यिनलाई मजा गर्न निकै मनपर्छ । कुनै पनि तरिकाको फन हो यि फन गर्न हिचकिचाउदैनन् । यिनीहरु फोटोग्राफीको पनि निकै शोखिन हुन्छन् । तपाइ यिनको साथ रोलर स्केटिङ या आइस स्केटिङ गर्न सक्नु हुन्छ । एक रोलर-कोस्टर राइड पनि सहि हुन्छ ।

कन्या राशि:

कन्या राशिका मानिस निकै प्रोडक्टिभ हुन्छन् । यिनीहरु आफ्नो पहिलो डेटमा यत्तिकै बस्न बिल्कुल मनपराउँदैनन् । यिनलाई केहि यस्तो गर्न मनपर्छ जसमा यिनीहरु केहि बनाएर आफ्ना साथिलाई देखाउन सकुन् ।

तपाइ यिनको साथ यस्तो केहि बनाउनुहोस् जुन तपाइ दुईलाई मात्र आउँछ । चाहे यो पेन्टिङ, पट मेकिङ या केहि अरु बनाउन सक्नु हुन्छ । मात्र यस कुराको ख्याल राख्नुहोस् कि तपाइ दुईलाई यो निकै मनपरोस्, त्यसो गर्दा रुचि बनी रहन्छ ।

तुला राशि:

तुला राशिका मानिसलाई गीत सुन्न निकै मनपर्छ । तपाइ यिनलाई कुनै कन्सर्टमा लैजानुहोस् त यि तपाइको साथ धेरै  ओपन हुन सक्छन् ।

म्यूजिक कन्सर्टको एक खासियत यो हो कि तपाइ यहाँ कुनै पनि कुरा सजिलै डिस्कस गर्न सक्नु हुन्छ । तपाइ आफ्नो इन्टरेस्टको  बारेमा आफ्नो पार्टनरसंग कुरा गर्नहोस् ।

वृश्चिक राशि:

यिनीहरु चहान्छन् कि यिनका पार्टनर डार्क या हेभी कुरा गरुन् । तपाइ रातमा सडकमा हिड्दै यिनीहरुको साथ भूत या अन्डरवर्ल्डको कुरा गर्न सक्नुहुन्छ ।

यस्ता मानिस अध्याँरो निकै मन पराउँछन् । अध्याँरोमा रोमाञ्चक कुरा गर्न यिनीहरुलाई निकै मनपर्छ ।

धनु राशि

धनु राशी हुने व्यक्तिको क्लब जान राम्रो उपाय हुनेछ । यिनीहरुलाई डान्स गर्न निकै मनपर्छ । यि तपाइ मात्र नभएर बाँकी मानिससंग पनि नाच्छन् । यदि तपाइ बिना हिच्किचाहट यस्तो गर्न दिनु हुन्छ त यिनीहरु निकै खुशी हुन्छन् ।

मकर राशी:

मकर राशिका मानिस सामान्यतया आफ्नो विकएण्डको प्लान बनाएर राख्दछन् । यिनको साथ आफ्नो पहिलो डेट सानो नै राख्नुहोस् र उनीहरुको सुविधाको हिसाबमा भेट्नुहोस् । यदि उनीहरुलाई तपाइमा इन्ट्रेस्ट छ त अर्को स्टेप आफैँ लिन्छन् ।

कुम्भ राशि:

यस राशिका मानिस ग्रह र ताराको बारेमा कुरा गर्न निकै मन पराउँछन् । यिनीहरुको साथ पहिलो डेटमा तपाइलाई अर्को दुनियाको  बारेमा कुरा गर्नु पर्नेछ ।

मिन राशि

यीनलाई कल्पना गर्न र सपनामा जिउन निकै मन पर्छ । यदि यिनीहरुलाई पहिलो डेटमा तपाइसंग कुरा गर्न मन पर्यो भने यिनले तपाइँलाई सधैँको लागि एक राम्रो मित्र बनाउँछन् ।

प्रकाशित : सोमबार, साउन २७, २०७६१३:५२

बृहस्पति वृश्चिक राशिमा मार्गी भैसक्यो, कुन राशीलाई शुभ, कुनलाई अशुभ ? हेर्नुहोस् !