एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फरवार्ड किलियन एम्बाप्पे माथि रियल म्याड्रिडले लामो समय देखि निगरानी राखिरहेको छ। रियलले एम्बाप्पेलाई क्लबमा भित्र्याउने योजना बनाएको धेरै समय भैसक्यो।
यधपी उसको उक्त योजना सफल हुन भने अहिले सम्म सकेको छैन। पछिल्लो समय एम्बाप्पे यहि ट्रान्सफर विन्डोमा रियल जाने चर्चा चलेपनि उनले पीएसजी छाड्ने स्पष्ट हुन अहिले सम्म सकेको छैन।
बताइएअनुसार एम्बाप्पे सन् २०१४ देखि रियलको प्राथमिकतामा छन्। त्यस समय नै रियलले एम्बाप्पेलाई क्लबमा अनुबन्धन गर्ने प्रयास गरेको थियो। एम्बाप्पेले त्यसबेला रियलको प्रशिक्षण कक्षको भ्रमण गरेका थिए भने क्रिस्टियानो रोनाल्डोलाई पनि भेटेका थिए। तर, अन्तिममा गएर उनले रियलमा नरहने निर्णय गरेका थिए।
एम्बाप्पे आफ्ना अभिभावकहरुको निर्णयक कारण आफू रियलमा नभई फ्रान्समै रहने निर्णयमा पुगेको बताउँछन्। उनी भन्छन्,”मेरा आमाबुबा मैले फ्रान्समा क्यारियर शुरु गरोस् र फ्रान्समै पढोस् भन्ने चाहनुहुन्च्थ्यो।”
हालसालै एक मिडियालाई दिएको अन्तर्वार्ताका क्रममा एम्बाप्पेले थप भने,”फुटबल खेल्न मात्र नभई मेरो पढाईका लागि पनि म फ्रान्समै रहें। स्पेनमा जिदान भएपानि त्यो अर्को देश हो, अर्को संस्कृति हो।”
उक्त अन्तर्वार्तामा एम्बाप्पेले पीएसजीमा आफ्नो भविष्य बारे केहि पनि टिप्पणी गरेनन्। एम्बाप्पेले आफू नयाँ-नयाँ चुनौतीका लागि जहिले पनि तयार रहने बताए।