एसटीसी ग्यासको मूल्य २८० रुपैयाँ घट्यो, चिनी-तेलमा पनि भारी छुट !

काठमाडौँ – सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरिद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुट पाइनेछ । साल्ट ट्रेडिङले बिक्री गर्ने एसटीसी ग्यासको मूल्य २८० रुपैयाँ घटाएर ११ रुपैयाँमा २० रुपैयाँमा बिक्री गरिनेछ।

खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पाेरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्र्दा उक्त छुट पाइने व्यवस्था गरिएको थियो ।

कर्पाेरेशनले पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ । चिनी प्रतिकेजी ६३ रुपैयाँ, नुन १६, भटमास तेल १८८ रुपैयाँमा बिक्री हुने साल्ट ट्रेडिङले जनाएको छ।

प्रकाशित : बिहिबार, जेठ २०, २०७८२०:३०

६ सदस्यले छाडे ठाकुरको साथ, उपेन्द्र समूह स्पष्ट बहुमतमा !