नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाइ बिहीबार !

काठमाडौँ – सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ हुदाहुँदै समयमा अभावका कारण बिहीबारलाई राखिएको हो ।

सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गरेका थिए । अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेका छन् ।

प्रकाशित : शुक्रबार, जेठ २१, २०७८२१:२६

मन्त्रिमण्डल हेरफेरः तीन उपप्रमसहित नयाँ मन्त्रीको शपथ