४ घण्टा गाडि चलाएपछि आधा घण्टा विश्राम गर्दै पर्ने, नगरे कारवाही गरिने !

काठमाडौँ – सवारी साधन ४ घण्टा चलाएपछि आधा घण्टा विश्राम नगरे कारवाही हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीमा सञ्चालन हुने सवारी साधन ४ घण्टा चलाएपछि आधा घण्टा विश्राम गर्न निर्देशन दिएको छ।

एक सूचना प्रकाशित गर्दै मन्त्रालयको यातायात व्यवस्था विभागले लामो दूरीको यातायात सञ्चालनमा दुई जना चालक अनिवार्य राख्न र सवारी साधन ४ घण्टा चलाएपछि आधा घण्टा विश्राम गर्न निर्देशन दिएको हो।

यातायात व्यवस्था ऐन २०५९ दफा १०३ मा ४ घण्टा भन्दा लामो दुरीमा चल्ने यत्रुवाहक सवारी साधनले प्रत्येक ४ घण्टामा १ पटक आधा घण्टा विश्राम गर्नुपर्छ र दफा १०४ मा लामो बाटो (प्रस्थान स्थानबाट २५० किलोमिटर वा सो भन्दा बढी दुरीको गन्तब्य स्थान) मा यातायात सेवा संचालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा २ जना चालक अनिवार्य रुपमा राखि प्रत्येक ६ घण्टामा पालैपालो चलाउन लगाउने कर्तव्य व्यवस्थापक अथवा धनीको हुनेछ भन्ने कानुनी व्यवस्था रहेको भएता पनि कार्यान्वयनमा नआएपछि विभागले सूचना प्रकाशित गरेको हो।

यसै व्यवस्थामा रहेर सबै सवारी धनी तथा व्यवस्थापकले यसको पालना गर्न विभागले निर्देशन दिएको छ। सवारी साधनमा एक जना मात्र सवारी चालक राखेका कारण अत्याधिक दुर्घटना हुने गरेको हुँदा यस्तो व्यवस्था कार्यान्वयन गर्न विभागको निर्देशन छ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०३:४३

चार-पाँच तोला सुन र ४०-५० हजार लुट्न घाँटी…