साधारण युवतीबाट यसरी ‘हिट मेसिन ‘ बनिन् नेहा कक्कर !

बलिउडको चर्चित गायिका नेहा कक्करलाई चिनाइरहनुपर्ने जरुरी छैन। अहिले नेहा बलिउडको चर्चित गायिकामा एक छिन्।  युवा पुस्तालाई उनको गीत निकै मन पर्छ। नेहाले भर्खरै ३५ औँ जन्मदिन मनाएकी छन्।

अहिले नेहालाई ‘हिट मेसिन ‘ पनि भनिन्छ। नेहा आफ्नो गीत मात्र नभई आफनो मुस्कानको कारण सबैको मन जित्छिन्। अहिले नेहा रियालिटी शो इन्डियन आइडल १२ मा जज छिन्। पहिले नेहा र उनको दिदी जागरणमा भजन गाउँथे। तर पछि नेहाले इन्डियन  आइडलको दोस्रो सीजनमा भाग लिईन् र उनको भाग्य नै बदलियो। के तपाईलाई थाहा छ नेहाको आमाबुबा उनलाई यस दुनियामा ल्याउन चाहदैनन्  थिए।  यस कुराको खुलासा टोनी कक्करले गरेका थिए।

टोनीले केहि समय पहिले आफ्नो पारिवारिक समय ठिक नरहेको र आमाबुबाले तेस्रो बच्चा जन्माउन नचाहेको कुरा बताएका थिए ।  तर सौभाग्यवश आठ हप्ता भएको कारण एबर्शन गर्न मिलेको थिएन। नेहा र उनको दिदी बाल्यकालमा भजन गाउथे। दुवैले लामो समयसम्म भजन गाएर पैसा कमाएका थिए।

सोनू एक प्रकारले नेहाको गुरु थिइन्। उनी सोनूलाई  हेरेर गीत गाउन सिक्थिन्। सिंगिंग रियलिटी शो ‘इन्डियन आइडल’ पछि  नेहाको भाग्य नै बद्लिएको थियो। यधपी उनले  शो नजिते पनि उनको  गायिकी यात्रा यहीँबाट सुरु भएको थियो। नेहाले हार मानिनन् र २००८ मा नेहाले  एल्बम (नेहा द रकस्टार) लन्च गरेकी थिइन्।

नेहाको जुन पनि गीत रिलीज हुने बितिक्कै ट्रेन्डिंगको टपमा हुन्छ। उनको पहिलो हिट गीत ‘ सेकेन्ड ह्यान्ड ‘ जवानी मानिन्छ।  साथै ‘यारियां’ फिल्मको गीत  ‘सनी-सनी ‘ बाट भने उनले पहिचान पाएकी थिइन्। हालै उनको गीत ‘खड तैनू मे दस्सा’ चर्चित भएको थियो।  यस गीतमा  उनको श्रीमान रोहनप्रीत सिंहको पनि आवाज छ र भिडीयोमा दुवै सँगै देखिएका छन्। नेहाले २४ अक्टुबर २०२० मा रोहनप्रीत सिंहसँग सात फेरो लिएकी हुन्।

प्रकाशित : आइतबार, जेठ २३, २०७८२२:५६

बाल्यकालमा यस्तो गोलू-मोलू थिइन् सारा, हेर्नुहोस् केहि तस्विर !