जोर्डनका प्रशिक्षकले नेपालको खुलेरै गरे तारिक, नेपाली प्रशिक्षकलाई दिए शुभकामना !

काठमाडौँ – जोर्डनका प्रशिक्षक भिटाल बोर्केलमान्सले नेपाली फुटबल टोलीको खुलेर प्रशंसा गरेका छन्। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डन आमनेसामने हुनु अगाडी बोर्केलमान्सले नेपाली टोलीको तारिक गरेका हुन्।

बोर्केलमान्सले नेपाली टोलीको पछिल्लो प्रदर्शनको तारिफ गर्दै खेललाई सहज रुपमा नलिने बताए। नेपाल विरुद्धको खेल जित्ने योजना सहित आफूहरुले तयारी गरेको भएपनि त्यो सहज नहुने उनको भनाई छ।

“नेपालविरुद्ध खेल्न हामीले राम्रो तयारी गरेका छौँ। दुई साता प्रशिक्षणको अवसरले रणनीतिक रुपले हामीलाई बलियो बनाएको छ।”,उनले भने,”हामीले ३ अंक लिन्छौं भन्ने अपेक्षा राखेका छौँ। तर, त्यो सहज हुने भने देखिँदैन।”

नेपालको इराक र ताइपेइविरुद्धको खेललाई आफूले नजिकबाट नियालेको उनले बताए। नेपालको टोलीमा केहि परिवर्तन भएको र खेल शैली पनि फेरिएको कुरालाई आफूले ध्यान दिएको उनको भनाई छ।

उनले भने,”इराक र ताइपेइविरुद्धको खेल मैले हेरेको छु। नेपालको टोलीमा केहि परिवर्तन भएको र खेल शैली पनि बदलिएको मलाई थाहा छ।”

बोर्केलमान्सका अनुसार जोर्डनले नेपाल विरुद्ध तीव्र गतिमा खेलेर जित्नेछ। जसरी पनि नेपालविरुद्ध जित निकाल्ने आफूहरुको लक्ष्य रहेको उनले सुनाए। साथै उनले नेपालका नयाँ प्रशिक्षकलाई खेलको लागि शुभकामना पनि दिए।

प्रकाशित : आइतबार, जेठ २३, २०७८२२:०५

नेपाल र जोर्डन आमनेसामने हुँदै ! कसले होला जित ?