मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिनको प्रराम्भ उर्जा र उत्साहका साथ्अ हुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। पारिवारिक वातावरण आनन्ददायक रहला। आफन्तसँग मेल-मिलाप हुनेछ। परिवारसँग मनदुःखको प्रसंग बन्नेछ। खानपिनमा ध्यान राख्नुहोला। परिवार तथा मित्र-समूह र व्यावहारिक कार्यक्षेत्रमा समाधानकारी व्यवहार अपनाउनुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मनको दुविधापूर्ण स्थितिबाट असन्तुष्ट रहनुहुनेछ। धार्मिक कार्यमा खर्च हुन सक्छ। आफन्तसँग वियोग होला। मध्यान्नपछि केहि अनुकूलता रहन सक्छ। काम गर्नमा उत्साह वृद्धि हुन सक्छ। आर्थिक लाभ होला। मित्र तथा आफन्तसँग भेट होला। शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ रहला।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मित्रबाट लाभ होला। नयाँ मित्र बनाउन सक्नुहुन्छ। अपेक्षा अधिक धनलाभ होला। सरकारी कार्यमा लाभ होला। मध्यान्नपछि सावधानीपूर्वक व्यवहार गर्नुहोला। धर्म, कर्म गर्नाले अधिक हानि होला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिनको प्रारम्भमा शारीरिक तथा मानसिक रुपले व्याकुलता र अस्वस्थताको अनुभव गर्नुहुनेछ। रिसको मात्रा अधिक रहनाले कसैसँग मनदुःख हुन सक्छ। मध्यान्नपछि शारीरिक स्थितिमा सुधार आउनेछ। परिवारमा आनन्दमय वातावरण रहला। व्यावसायिक स्थलमा उच्च अधिकारीसँग आवश्यक चर्चा गर्नुहुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिवार तथा व्यावसायिक क्षेत्रमा दिन राम्रोसँग बित्नेछ। दुवै स्थलमा आवश्यक विषयमा चर्चा हुनेछ। कार्यको बोझ बढ्नाले स्वास्थ्यमा शिथिलता रहनेछ। मध्यान्नपछि स्वास्थ्यमा सुधार हुनेछ। मित्रसँग भेट होला। सामाजिक कार्यमा भाग लिनुहुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मन गहन चिन्तनशक्ति तथा रहस्यमय विद्या प्रति आकर्षित रहनुहुनेछ। सोचि बुझी बोल्नुहोला। कसैसँग वादविवाद वा मनदुःख नहोस् यस कुराको ध्यान राख्नुहोला। स्वास्थ्यमा केहि अस्वस्थता रहला। धार्मिक तथा मांगलिक कार्यमा जाने प्रसंग उपस्थित हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सामाजिक तथा बाह्य क्षेत्रमा प्रशंसा प्राप्त गर्न सक्नुहुनेछ। प्रियपात्र मिल्नाले मन पुलकित होला। दाम्पत्यजीवनमा सुख र सन्तोष अनुभव होला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। आध्यात्मिक सिद्धि मिल्ने योग रहेको छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको दिन निकै प्रवृत्तिमय र आनन्दमय रहला। तपाई व्यवसाय वा व्यापारको कार्यमा व्यस्त रहनुहुनेछ। अधिक मान्छेसँग विचार आदान-प्रदान गर्न सक्नुहुनेछ। घर र दाम्पत्यजीवनमा आनन्द छाईरहनेछ। सामाजिक क्षेत्रमा कार्यको प्रशंसा होला। प्रियपात्रसँग प्रेमको सुखद अनुभव होला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक तथा मानसिक रुपले शिथिलता अनुभव गर्नुहुनेछ। कार्यको लागि केहि अधिक भागदौड मच्चिरहनेछ। परिश्रमको तुलनामा प्राप्ति कम हुनेछ। मध्यान्नपछि शारीरिक तथा मानसिक स्वस्थता अनुभव होला। आफन्तसँग आनन्दपूर्वक समय बित्नेछ। तपाईको हातबाट धार्मिक वा पुण्य कार्य हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अधिक भावनाशील, संवेदनशील नबन्नुहोला। जलाशय, जमीन-सम्पत्तिको दस्तावेज आदिबाट टाढा रहनुहोला। केहि मानसिक अस्वस्थता ररहनेछ। सन्तानको चिन्ता रहनेछ। सरकार तथा उच्च अधिकारीको विषयमा कार्य सफलता मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य गर्नको लागि प्रेरणा अवश्य मिल्नेछ तर विचारमा शीघ्र परिवर्तन आउनुको कारण महत्वपूर्ण कार्यमा अन्तिम निर्णय नलिनुहोला। लेखन कार्यको लागि शुभ दिन रहेको छ। परिस्थितिमा बदलाउ आउनेछ। दुविधापूर्ण परिस्थितिको अनुभव होला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अधिक खर्च हुँदा मन निराश रहनेछ। मनमुटाव वा तनावको प्रसंग नबनोस् यस कुराको ध्यान राख्नुहोला। आर्थिक विषयमा सोचविचार गर्नुहोला। परिवर्तित भईरहेको विचारबाट दुविधायुक्त स्थिति निर्माण हुनेछ। त्यसैले निर्णयशक्तिको अभाव रहला।

