काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । विभिन्न मन्त्रालय आफू मातहतमा राखेका ओलीले संसद विघटन पश्चात दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
राम बहादुर थापा गृहमन्त्री पदबाट आउट भएपछि खालि रहेको गृहमन्त्रालयको जिम्मेवारी खगराज अधिकारीलै दिने गरि भएको मन्त्रिपरिषद विस्तारमा जसपालाई एक मन्त्रालय थप भएको छ। जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।
त्यस्तै राम बहादुर थापाकी श्रीमती नैनकला थापा पनि मन्त्री बन्ने भएकी छन्। नैनकलालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन लागिएको बालुवाटार श्रोतले जनाएको छ।
यस्तै खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा लागेका सिन्धुलीका गणेश पहाडीले पनि मन्त्री पद पाउने भएका छन्। केही साता अगाडीमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।
नारदमुनिलाई राना वनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, ज्वालाकुमारी साहलाई कृषि मन्त्री, आशा विक वन राज्यमन्त्रीमा बनाउने तयारी पनि ओलीको छ।

