गर्मीमा महिको सेवन हुनेछ अमृत समान यसले स्वास्थ्यमा पुर्याउने ९ फाइदाहरु, जानिराखौं !

अधिकांश चिरपरिचित रहेको महिको सेवन स्वास्थ्यको लागि फाइदाजनक रहेको छ।  यसले शरीरलाई चिसो बनाउनाका साथै विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धी समस्याबाट पनि छुटकारा दिलाउने काम गर्दछ। यति मात्र नभई गर्मीको समयमा महिको सेवन गर्नु भनेको अमृत खाए बराबर हो।

महिको सेवन जुनसुकै समयमा पनि गर्न सकिन्छ। यसले पेट सफा गर्नुका साथमा शरीरमा शक्ति पनि दिने काम गर्दछ। आज हामी महि खानुका स्वास्थ्य सम्बन्धि फाइदाको बारेमा बताउन जादैछौ , आउनुहोस

१. शरीर सुन्निनु

एक गिलास महिमा सिधे नुन , जिराको धुलो र  पुदिना मिसाई नियमित रुपमा सेवन गर्नाले शरीर सुन्निने समस्याबाट  छुटकारा पाउन सकिन्छ।

२. भिटामिन 

महिमा लगभग सबै प्रकारको भिटामिन जस्तै भिटामिन सी , ए , ई , के आदि प्रसस्त मात्रामा पाइन्छ।  जसले शरीरमा आवश्य पौष्टिक तत्व प्रदानगर्नुका साथै शरीर स्वस्थ बनाउन मदत गर्दछ।

 ३. कोलेस्टोरेल

नियमित रुपमा महिको सेवन गर्नाले कोलेसटोरेलको समस्याबाट छुटकारा पाउन सकिन्छ साथै यसको सेवनले हृदयघात हुने सम्भावना पनि कम हुन्छ।

४. हाडजोर्नी मजबुत बनाउछ

महिमा विभिन्न पौष्टिक तत्वका साथै क्याल्सियम पनि प्रसस्त मात्रामा हुने भएकाले यसको सेवनले हाडजोर्नी बलियो बनाउन सहयोग पुग्दछ।

५. मोटोपन 

एक गिलास महिमा एक चम्चा अमलाको पाउडर मिसाई सेवन गर्नाले मोटोपनको समस्याबाट तुरुन्तै राहत पाउन सकिन्छ।

६. लु बाट छुटकारा

गर्मीको समयमा लु लाग्नबाट बच्नका लागि महिको प्रयोग लाभदायक रहेको छ।  गर्मीमा महिको सेवनले घमौरा , नकसिर जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ।

७. कब्जियत 

कब्जियतको समस्या भएकाहरुका लागि मही खानु अमृत समान हुने गर्छ।  नियमित रुपमा महिको सेवन गर्नाले ग्यास्ट्रिकको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।

८. एसिडिटी

गर्मीको समयमा महिको साथमा मिश्री , सिधे नुन आदि मिसाई पिउनाले एसिडिटीबाट पनि राहत पाउन सकिन्छ।

९. आँखा 

गर्मीको मौसममा आँखासम्बन्धी देखिने समस्याबाट पनि मुक्ति पाउन सकिन्छ। आँखा दुखेको खण्डमा आँखामा दहि लगाउनाले आँखा दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।  साथै हरेक दिन महीको सेवन गर्नाले पनि विभिन्न समस्याबाट आराम पाउन सकिन्छ।

प्रकाशित : आइतबार, बैशाख २९, २०७६०७:४१

गर्मीको समयमा खानामा प्रयोग गर्नुहोस यी चिज, हुनेछ नसोचेको लाभ !