निर्वाचन आयोगको महन्थ पक्षलाई राहत, उपेन्द्रलाई झड्का !

काठमाडौँ – निर्वाचन आयोगको फैसलाबाट कार्यकारिणी समितिमा बहुमत जुटाएको उपेन्द्र यादव पक्ष आक्रोशित भएको छ। कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्दागर्दै पनि असफल भएको महन्थ ठाकुर पक्षलाई भने राहत मिलेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

कार्यकारिणी समितिमा बहुमत जुटाएर आइतबार निर्वाचन आयोगमा दस्तावेज बुझाउने ठाकुर पक्षको तयारी थियो। यसका लागि आइतवार ठाकुर पक्षले कार्यकारिणी समितिको बैठक बोलायोे। आइतबार आयोगमा कागजपत्र बुझाउने अन्तिम दिन थियो। जेठ २३ मा निर्वाचन आयोगले भनेअनुसार ढाँचा पुर्‍याई दस्तावेज बुझाउन ठाकुर पक्षले एक साता मागेको थियो। सो समय आइतबार सकिँदै थियो।

उपेन्द्र यादव पक्षले भने निर्वाचन आयोगले भनेको भोलिपल्टै आयोगले भनेअनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७४ को अनुसूची १८ बमोजिम ढाँचा पुर्‍याएर दस्तावेज बुझाएको थियो। ठाकुर पक्षले आइतबार दुईपटक कार्यकारिणी समितिको बैठक राख्यो। पहिलो बैठकमा उद्योगमन्त्री राजकिशोर यादव नै अनुपस्थित भए।

निर्वाचन आयोगको फैसलाबाट आफैंले मागेको समयमा दस्तावेज बुझाउन नसकेर नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको जसपा ठाकुर पक्षले राहत महसुस गरेको छ। यादव पक्ष भने भनेअनुसार दस्तावेज बुझाउँदा पनि फैसला आफू अनुकूल नआएपछि आक्रोशित बन्न पुगेको छ।

प्रकाशित : सोमबार, जेठ ३१, २०७८०९:३०

प्रदेशसभाहरूमा एमाले एकता: कर्णलीमा माओवादीलाई झड्का !