एजेन्सी – रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसले क्लब छाड्ने निश्चित भएको छ। गएको डेढ दशक देखि रियलमा रहेका उनले क्लब छाड्ने हालसालै आएर निश्चित भएको हो।
पछिल्लो केहि समय देखि उनले रियल छाड्ने चर्चा हुँदै आएकोमा अहिले आएर उनले क्लब छाड्ने निश्चित भएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
रियल म्याड्रिडले रामोसलाई बिहिबार एक कार्यक्रमका बीच बिदाई गर्ने तयारी गरेको बताइन्छ। उक्त कार्यक्रममा अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि सहभागी हुनेछन्।
नयाँ प्रशिक्षकको रोजाईमा परेनन् रामोस
लगातार १६ सिजना देखि रियलमा रहेका रामोस क्लबका नयाँ प्रशिक्षक कार्लो एन्चेलोटिको रोजाईमा नपरेको खबरहरु आएका छन्। रामोसलाई एन्चेलोटिले आफ्नो योजना नराखेको स्पेनिस मिडियाहरु दावी गर्छन्।
रियलमा रामोसको करियर
लगातार १६ सिजन रियलमा रहेर रामोसले ६ सय ७१ खेल खेले। त्यसक्रममा रामोसले १ सय १ गोल गरे। रियलमा रहेर उनले ५ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग, २ पटक कोपा डेल रे, ४ पटक स्पेनिस सुपर कप, ३ पटक यूईएफए सुपर कप तथा ४ पटक क्लब विश्वकप जिते।
कता जालान् ?
गत सिजन चोटका कारण अधिकांश समय माईदन बाहिर रहेपनि रामोस अझै विश्वका उत्कृष्ट डिफेन्डरमा गनिन्छन्। उनी अझै केहि वर्ष मैदानमा देखिनेमा कुनै सन्देह नरहला।
रामोस कता जालान् भन्नेमा सबैको चासो छ। विभिन्न संचार मिडियाहरुका अनुसार रामोस प्रिमियर लिग जान सक्छन्। रामोस माथि प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले चासो देखाएको समाचार आएको छ।
त्यस्तै उनी इटाली जाने सम्भावना पनि छ। साथै उनी स्पेनमा अरहने सम्भावनालाई पनि अस्विकार गर्न सकिँदैन। रामोस पूर्व क्लब सेभिल्ला नै फर्कने सम्भावना रहेको स्पेनिस मिडियाहरु बताउँछन्। सेभिल्लामा उनकी श्रीमती बासेबास र काम गर्दै आएका कारण उनी सेभिल्ला जान सक्ने बताइन्छ।

