पेरु माथि ब्राजिलको शानदार जित, अपराजित यात्रा लम्बियो !

एजेन्सी – आयोजक ब्राजिलले कोपा अमेरिका कपमा दोस्रो जित निकालेको छ। प्रतियोगिताको पाहिलो खेलमा भेनेजुएलालाई पाखा लगाएको ब्राजिलले दोस्रो खेलमा पेरुलाई पाखा लगाएको हो।

शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुको पोस्टमा ४ गोल गर्यो। पेरुले भने ब्राजिलको पोस्टमा कुनै पनि गोल गर्न सकेन। ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेयमार र एभर्टन रिवेइरो र रिचार्लीसनले गोल गरे ।

खेलभर भएका ४ गोल मध्ये एक गोल पहिलो हाफमा र बाँकी तीन गोल दोस्रो हाफमा भएका थिए। खेलको १२औं मिनेटमा ब्राजिलले खाता खोलेको थियो। गाब्रियल जेससले मिलाइदिएको पासमा सान्द्रोले गोल गरेका थिए।

त्यसपश्चात पाहिलो हाफमा कुनै पानि गोल हुन सकेन। खेलको ६८औं मिनेटमा नेयमारले ब्राजिलका लागि दोस्रो गोल गरे। फ्रेडले उत्कृष्ट पासलाई नेयमारले गोलमा परिणत गरेका थिए।

त्यस्तै ब्राजिलका लागि तेस्रो गोल ८९औं मिनेटमा सब्सिच्युट एभर्टन रिवेइरोले गरे भने इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सव्सिच्युट रिचार्लीसनले ब्राजिलका लागि चौंथो गोल गारे।

अपराजित ब्राजिल

शुक्रबारको जित सँगै ब्राजिलले आफ्नो अपराजित यात्रालिई लम्ब्याएको छ। ब्राजिल गएको ९ खेलमा पराजित भएको छैन। यस्तै ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुग्ने सम्भावना पनि बढेको छ। ब्राजिल समूह ‘ए’को शीर्षस्थानमा छ। उसले दुई खेलमा जित हात पारेसँगै ६ अंक बटुलेको छ।

प्रकाशित : शुक्रबार, असार ०४, २०७८१०:१५

आज युरो कपका तीन खेल हुँदै ! कति-कति बजे ? [समय सहित]