आज युरो कपका तीन खेल हुँदै ! कति-कति बजे ? [समय सहित]

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत आज तीन खेल हुँदैछन्। आज समूह ‘डी’ र ‘ई’का ६ देश बीच प्रतिष्पर्धा हुनेछ। आज हुने पहिलो खेलमा स्वीडेनले स्लोभाकियाको सामना गर्नेछ।

स्वीडेन र स्लोभाकिया बीचको खेल नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा सेन्ट पिटर्सबर्ग रंगशालामा शुरु हुनेछ। स्वीडेन पहिलो जितको खोजिमा हुँदै स्लोभाकिया दोस्रो जितको खोजिमा हुनेछ।

स्लोभाकियाले पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको थियो। स्लोभाकिया सन् २०२१ मा पराजित भएको छैन। यस वर्ष खेलेका ६ खेलमा स्लोभाकिया अपराजित छ। त्यस्तै स्वीडेनले प्रतियोगिताको पहिलो खेलमा स्पेनलाई बराबरीमा रोकेको थियो। स्लोभाकियाले हालसम्म स्वीडेनलाई पराजित गर्न सकेको छैन ।

दोस्रो खेल

आज हुने दोस्रो खेल समूह ‘डी’का क्रोएसिया र चेक रिपब्लिक बीच भेट हुनेछ। चेक रिपब्लिक ३ अंक सहित समूहको पहिलो स्थानमा छ। चेक रिपब्लिकले युरोको पहिलो खेलमा यसै मैदानमा खेल्दै घरेलु टोली स्कटल्यान्डलाई २-० ले पराजित गरेको थियो । क्रोएसिया भने पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डसँग वेम्बलीमा १-०ले पराजित भएको थियो।

तेस्रो खेल

आज हुने तेस्रो खेल समूह ‘डी’कै इंग्ल्यान्ड र स्कटल्यान्ड प्रतिष्पर्धा हुनेछ। खेल लन्डनस्थित वेम्बली रंगशालामा नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई पराजित गरेको थियो भने स्कटल्यान्ड चेक रिपब्लिकसंग पराजित भएको थियो।

प्रकाशित : शुक्रबार, असार ०४, २०७८१६:१७

कोपा अमेरिका: अर्जेन्टिना र उरुग्वे भिड्दै ! खेल कति बजे कुन च्यानलमा हेर्ने ?