गर्मी मौषममा लिची खाना सबैलाई मनपर्छ। स्वादिष्ट मात्र नभई थुपै पोषक तत्वले भरिपूर्ण हुन्छ। इम्यूनिटी बढाउनदेखि तौल घटाउन समेत लिचीको थुप्रै फाईदा छ। थाहा पाउनुहोस् लिचीको के-के फाईदा छ !
फ्रि रेडिकलबाट सुरक्षा दिन्छ – फ्रि रेडिकलले कोषलाई क्षति पुर्याउँछ र शरीरमा थुप्रै गम्भीर रोग निम्त्याउँछ। लिची भिटामिन सी र फ्लाभोनोइडले समृद्ध हुन्छ। जुनले कोषलाई फ्रि रेडिकलबाट जोगाउँछ। लिचीले हृदय रोग, क्यान्सर र आर्थराइटिस जस्ता रोगबाट बचाउँछ। लिची रहेको एन्टिआक्सिडेन्ट्सले शरीरबाट विष हटाउने काम गर्छ ।

इम्यूनिटी बढाउँछ – भिटामिन सीले भरिपूर्ण लिचीले मौसमी संक्रमण र पुराना रोग बिरूद्ध इम्यूनिटी बढाउँछ। भिटामिन सीले सेता रक्त कोषको उत्पादन बढाउछ र यसको कार्यमा मदत्त गर्छ। यो भिटामिनले संक्रमण बिरूद्ध इम्यून सिस्टम बलियो बनाउछ र रुघाखोकीसँग लड्न मद्दत गर्छ ।

स्ट्रोकको जोखिम कम गर्छ – लिच्चीमा सोडियम र कोलेस्ट्रोल हुँदैन। यसले स्ट्रोक, हृदय रोग, रक्तचाप र एथेरोस्क्लेरोसिस जस्ता रोगको जोखिम कम गर्छ ।

राम्रो कोलेस्ट्रल बढाउँछ – लिचीले भिटामिन बी ३ हुन्छ जसले कोलेस्ट्रोल प्रणालीलाई नियन्त्रण गर्छ । भिटामिन बी ३ले शरीरमा राम्रो कोलेस्ट्रल बढाउँछ र रगतमा हानिकारक ट्राइग्लिसराइड्स र खराब कोलेस्ट्रोल कम गर्छ ।

मेटाबोलिज्म सुधार गर्छ – हरेक दिन लिचीखाँदा मेटाबोलिज्म सुधार हुन्छ। यसले खानामा कार्बोहाइड्रेट, फ्याट र प्रोटीनको अवशोषण गति बढाउन सहयोग गर्छ। लिचीले वजन नियन्त्रणमा गर्न पनि मद्दत गर्छ ।

कब्जियतबाट छुटकारा – लिचीमा फाइबर धेरै हुन्छ जसले पाचन प्रणाली ठीक राख्छ । यस कारण पेट सफा रहन्छ र कब्जियतको समस्या कम हुन्छ। लिचीले मधुमेह पनि नियन्त्रण गर्दछ।

शरीरलाई हाइड्रेट राख्छ – लिचीमा धेरै पानी हुन्छ जसले गर्मीमा शरीरलाई चिसो र हाइड्रेट राख्छ। यदि तपाईलाई डिहाईड्रेसनको समस्या छ भने तपाई लिची खान सक्नुहुन्छ वा यसको रस पिउन सक्नुहुन्छ।

कलेजो स्वस्थ राख्छ – अत्यधिक पिउने, रक्ताल्पता, कुपोषण, संक्रमण र केही औषधीको अत्यधिक सेवनले कलेजो बिगार्न सक्छ। लिचीमा हेपाटोप्रोटेक्टिभ एजेन्ट हुन्छन् जसले कलेजो लोगीको प्रभावकारी उपचारमा मद्दत गर्छ ।

एक्ने रोक्छ – लिची छाला रोगको लागि राम्रो हुन्छ । यसले भिटामिन ए र सी समावेश गर्छ जुनले छालालाई सुक्खा हुनबाट बचाउँछ। लिचीमा छाला सेतो हुने र एन्टी एक्ने गुणहरू हुन्छन्। यसको जीवाणुरोधी गुणहरूले एक्नेबाट बचाउँछ।


