लकडाउन: एक्लोपन, निराशा र शुन्यता छाएको भन्दै गायक प्रकाशले लेखे मनछुने स्टाटस!

काठमाडौँ, असार ७। सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न गरिएको लकडाउनमा  मानिसहरु आफ्नै घरमा समय बिताइरहेका छन्। त्यस्तै कलाकारहरु पनि यसबाट बच्न घरमै सुरक्षित रुपमा बसेका छन तर उनिहरु सामाजिक संजालमा भने एक्टिभ रहेका छन्।  त्यस्तै  चर्चित गायक प्रकाश सपुत पनि  सामाजिक संजालमा निकै  एक्टिभ रहन्छन्।

लकडाउनको समयमा उनले आफुमा एक्लोपन, शुन्यता र निरासा छाएको कुरा आफ्नो सामाजिक संजालमार्फत बताएका छन्। गायक सपुत आफ्नो बाल्यकाल र जन्मथलो सम्झिदै लेख्छन’

“गाउको कुरा – घाउको कुरा ।

हामी पर्म लाउथ्यौ । यो भनेको चाहि सप्पै मिलेर पालै पालो सप्पैकोमा काम सक्ने उपाय हो । हुद्दा पनि भनिन्छ यसलाई । कसैले बारीमा मल बोकाउथे, कसैले बाली कटाउथे, कसैले दाउरा बोकाउथे ! कसैले के कसैले के । ८/१० जना उमेर मिल्ने, मन मिल्ने बैशका हामी केटाकेटीहरु भएपछि हाँसी मजाकमा काम सकिन्थो । बिहान ९ बजे भित्र पर्म सकेर हतार हतार तयार भएर त्यहि ग्रुप स्कुल गईन्थ्यो । हल्ला गर्दै ! दुख का दिन थिए ! दुखैमा रमाईलो पनि थियो । लास्टै गार्हो चाहि पुष माघमा मा हुन्थ्यो । खेतीपातीको काम कम हुने भएकाले पर्म लगाउदा धेरैले दाउरा स्याउला कटाउन पठाउथे ।

हामी बिहान ४ बजे उठेर हुल बाधेर जंगल जान्थौ । ३/४ बजे उठेर हिडिएन भने स्कुल भ्याउन सकस पर्थ्यौ । बढि कटानी भयो भनेर गाउ नजिकको जंगल पुरै बन्द गरिएको थियो । ठाडै उकालो चढेर नजिक नजिक का २ वटा डाडा का-टेपछि बल्ल दाउरा स्याउला लिन पाईने वन आउथ्यो । हिउदका छोटा दिन भएकाले बिहान झिसमिसे अध्यारै हुन्थ्यो भने हिउ बराबर शितले हात खुट्टा कक्रक्कै पर्थ्यो । त्यसमाथी कहिले काहि झुक्किएर आसी (ह-सिया) ले हात काट्थ्यो चिसो मा चोट लाग्नु सार्है पिडादायिक हुन्छ । यसरी ग्रुपमा कसैको हात काट्यो भने हाम्रो सुझाव हुन्थ्यो – तितेपाती (एकप्रकारको बनस्पती/ झार/ घास) लगाउनु च्वाट्टै निको हुन्छ । हुनपनी का-टेको ठाउमा तिते पाती दलेर अजंगको भारी बोकेर हामी घर फर्किन्थ्यौ । दुखाई कम हुन्थ्यो यसले । तर का-टेको ठाउमा तितेपाती लगाउन ठुलै हिम्मत गर्नु पर्छ किनकि यसले घाउमा सार्है चहराउछ । एकराउण्ड त खपिनसक्नु हुन्छ । मुर्छै पार्छ । तर केहि बेरमा बिस्तारै घाउलाई सितल पार्दै जान्छ !

हाम्रा जिवनमा पनि कतिपय सम्बन्धहरुले, कतिपय परिस्थितिले मनमा लगाउने घाउहरु हामी दुखाएरै बस्छौ! निको पार्ने उपाय भेटाउदैनौ । कि त घाउलाई झन बढि दुखाउने डरले भेटाएका उपाय पनि अपनाउदैनौ । तर मन को घाउ निको पार्न हिम्मत नै गर्नुपर्छ । जसरी चोट लागेर दुखेको ठाउमा तितेपाती लगाउदा झन बढि दुखाउछ तर विस्तारै घाउको दुखाई समेत कम गर्छ । मनको घाउका लागि पनि एकपटक खपिनस्कनु दुखाउने तर पछि सधैका लागि च्वाट्टै निको पार्ने उपाएहरु छन कि ? खोज्नुस है ।”

प्रकाशित : सोमबार, असार ०७, २०७८११:०३

काठमाडौँ उपत्यकाकै किसानले तरकारी बिक्री गर्न पाएनन्, गाई भैसीँलाई खुवाउनुपर्ने अवस्था !