एजेन्सी- हामो संस्कृति वा परम्परा अनुसार हरेक नारीहरु विबाह पश्चात आफ्नो पतिको घर जाने गर्छन। यसरी विबाह पश्चात आफ्नो पतिको घर गएका छोरीहरु साउन महिनामा आफ्नो माइती आउने कुराको ठूलो महत्व रहेको छ। हिन्दु धर्म यसरी बिवाह भएको पहिलो वर्ष केही समयको लागि माइती आउने परम्परा समेत चालिएको छ। बिवाहित महिलाहरु यस महिनामा खुशी भएर आउंदा माइती घरमा समेत सधैब ठूलो शान्ति छाउने मान्यता रहेको छ।
यी हुन् फाइदाहरु :
साउन महिनामा आफ्ना विवाह भएर गएका छोरिलाई माइती बोलाउनु शास्त्रका अनुसार धेरै लाभदायी हुने गर्छ। यसरी यो महिनामा विवाहित महिलाहरु आफ्ना बाबाआमाको निमन्त्रणा स्वीकार गरि जाँदा माइती घरमा सुख शान्तिका साथै हालको स्थितिमा ठूलो उत्तरचढाप आउने कुरा शास्त्रमा उल्लेख गरिएको छ। यसरी हुने छोरीहरुको आगमनले माइतीको स्वरुपनै बदलिन सक्छ।
यदि तपाई आफ्नो घरमा सधैब सुख शान्ति चाहानुहुन्छ भने साउन महिनामा माइती आएकी छोरीलाई तुलसीको बिरुवा रोप्न दिनुहोस र यसलाई उ आउंदा बखत गोड्न लगाउनुहोस्।
यसरी साउन महिनामा माइती आएकी छोरीलाई मंगलबारको दिन परेर उसकै हातले कुनै मिठाई बनाउन लगाई त्यसलाई किटको भाँडोमा राखी माटोमा लुकाऊहोस्। यसो गर्दा तपाईका सम्पूर्ण इच्छा चाहनाहरु पूरा हुँदै जानेछन्।