बुधबार बिहानै ग्रहचक्रमा परिवर्तन, तीन राशिलाई धेरै अशुभ, तीन राशिलाई ठिकै !

एजेन्सी – बुधबार ग्रहचक्रमा ठूलो परिवर्तन हुँदैछ। बुधबार बिहान ३ बजेर ४२ मिनेट ग्रहहरुको राजकुमार मानिने बुधले आफ्नो छाल परिवर्तन गर्नेछ। त्यस समय पश्चात बुध मार्गी हुनेछ।

बुध गत मे २६ मा वृष राशिबाट मिथुन राशिमा प्रवेश गरेको थियो। ३० मेमा बुधको छाल परिवर्तन भएको थियो भने ३ जूनमा पुनः वृष राशिमै फिर्ता भएको थियो। बुधबार चाल परिवर्तन गरेपछि मार्गी अवस्थामा जुलाई ७ सम्म रहनेछ। त्यसदिन पश्चात बुध मिथुन राशिमा प्रवेश गर्नेछ। बुधबार बुधले चाल परिवर्तन गर्दा सम्पूर्ण राशिहरुलाई प्रभाव पर्नेछ। बुधले चाल परिवर्तन गर्दा निम्न राशि हुनेहरुलाई नकारात्मक असर पर्नेछ।

मिथुन राशि

बुधको चाल परिवर्तनले मिथुन राशि हुनेहरुलाई धेरै नै दुख दिनेछ। भागदौड बढ्दा शारीरिक मात्र नभई मानसिक रुपमा पनि समस्या पैदा हुनेछ। पाचन सम्बन्धि समस्याले सताउन सक्ला। बोलि तथा व्यवहारमा नियन्त्रण आवश्यक रहला। आफन्तजनलाई लिएर अप्रिय समाचार सुन्नुपर्नेछ। आर्थिक लेनदेनका कारण सम्बन्धहरु बिग्रिन सक्लान्। सकेसम्म यात्रा नगरेकै राम्रो होला।

तुला राशि

बुधको चाल परिवर्तनले तुला राशि हुनेहरुको स्वास्थ्यमा नकारात्मक असर पर्नेछ। पूराना स्वास्थ्य समस्या बल्झिन सकने देखिन्छ। चर्म रोगले सताउन सक्ला। कार्यक्षेत्रमा धेरै नै सजकता अपनाउनुपर्नेछ। शत्रु हावी हुन सक्ने हुँदा सतर्क रहनु होला। षड्यन्त्रको शिकार भइनेछ। झुठा लान्छना लाग्न सक्ने सम्भावना पनि छ। सवारी साधन चलाउँदा हदै सम्म सावधानी अपनाउनु पर्नेछ।

कुम्भ राशि

चतुर्थ स्थानमा रहने बुध कुम्भ राशि हुनेहरुलाई अशुभ सावित हुनेछ। घर-जग्गा सम्बन्धि कारोबारका कारण तनाव बढ्न सक्ला। परिवारमै कलाह बढ्दा मानसिक तनाव बढ्नेछ। प्रेम जीवनमा पनि समस्या पैदा होला। गरिएका लगानीले प्रतिफल नदिँदा आर्थिक समस्या आइपर्नेछ। आफ्नै भनिएकाहरुबाट धोका हुनेछ। दुख धेरै गर्दा पनि सफलता मिल्न गार्हो हुने देखिन्छ।

बुधको राशि परिवर्तन केहि राशि हुनेहरुका लागि भने मिश्रित रहनेछ। बुध मार्गी हुँदा सिंह राशि, धनु राशि तथा मकर राशि हुनेहरुलाई सकारात्मक र नकारात्मक दुवै प्रभाव पर्नेछ।

प्रकाशित : मङ्गलबार, असार ०८, २०७८२२:१८

यदी तपाईले राती सपनामा यी १० चीज देख्नुभयो भने हुनसक्छ यस्तो भयानक संकेत!